नेकपा परित्याग गरि ३९ जना कांग्रेस प्रवेश

नेकपा परित्याग गरि ३९ जना कांग्रेस प्रवेश

स्याङ्जा चिलाउनेबासमा ३९ जना नेकपाका नेता, कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। उनीहरूलाई पार्टी प्रवेश कार्यक्रमका प्रमुख अतिथि संबिधान सभा सदस्य तथा नेपाली काङ्ग्रेसका युवा नेता राजु थापाले अभिर लगाएर फुलमालाका साथ पार्टी प्रवेश गराएका हुन् ।

कांग्रेस प्रवेश गरेका नेकपाका नेता, कार्यकर्ताहरुले नेकपाले चरम भ्रष्टाचार गरेको र दिन प्रतिदिन जनतालाई निराश पार्ने कार्य मात्र गरेकाले आफुहरुले नेकपा पार्टी त्याग गर्दै नेपाली कांग्रेस प्रवेश गरेको बताएका छन्। पार्टी प्रवेश कार्यक्रमको सभापतित्व थानेस्वर पौडेलले गरेका थिए।

सम्बन्धित खवर