महाकाली सिँचाइ आयोजनाका निमित्त प्रमुख प्रचण्ड देव विष्ट ११ लाख रकम सहित पक्राउ परेका छन् । महानगरीय प्रहरी कार्यालयको टोलीले बुधबार राति इसन होटलबाट विष्टलाई पक्राउ गरेको हो ।
राति ११ बजे प्रहरी कन्ट्रोल १०० मा कसैले फोन गरेर इसन होटलमा हल्ला खल्ला भएको जानकारी दिएपछि प्रहरी पुगेको थियो । प्रहरीले एक युवतीसंग माधक पदार्थ सेवन गरेर हल्ला गर्दै गरेका विष्टलाई पक्राउ गरेको काठमाडौं प्रहरी परिसर टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले बताए ।
प्रहरीले सोधपुछ तथा खानतलासी गर्दा विष्टको साथबाट ११ लाख नगद र उनको आइडी कार्ड फेला पारेको थियो । अधिकृत स्तरका सरकारी कर्मचारीको साथबाट ११ लाख रकम भेटिएपछि प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई थप कारबाहीका लागि जिम्मा लगाइएको ज्ञवालीले बताए ।