मिक्लाजुङ, सिभिल इन्जिनियरिङ विभाग कालिका सामुदायिक माध्यमिक विद्यालय मिक्लाजुङ ३ मोरङले ‘‘गोरेटोमा अभियन्ता’’ कार्यको सुभारम्भ गरेको छ । बन्दाबन्दीको समयमा समेत बालबालिकालाई चलायमान बनाउने उद्देश्यका साथ संविधान दिवशको अवसर पारेर भित्ते पत्रिकाको प्रकाशन सुरु गर्ने भएको हो ।
विभागका प्रमुख इन्जिनियर सुजन खड्काले यस कार्यले विद्यार्थीको सिर्जनात्मक क्षमताको विकासमा सहयोग पुग्ने बताउनु भयो । कोरोनाको त्रास र लामो समयको बन्दाबन्दीले वाल मष्तिस्कमा पर्न सक्ने नकारात्मक प्रभावलाई रोक्न र विद्यार्थीलाई साहित्यप्रति आकर्षण बढाउन पनि यस कार्यले महत्वपुर्ण भूमिका खेल्ने विभगका अर्का शिक्षक जनक खड्काले बताउनु भयो ।
विभागका प्रमुख इन्जिनियर सुजन खड्काको सक्रियतामा मिक्लाजुङ गाउँ पालिकामा नै पहिलो पटक डिजिटल प्रविधिका माध्यामबाट कालिका सामुदायिक मा.वि मा हाजिरी जवाफ कार्यक्रम सम्पन्न भएको थियो । प्रविधिको प्रयोगका साथै सैद्धान्तिक र प्रयोगात्मक दुबै शिक्षण प्रणालीलाई विभागले जोड दिएको छ । देशमा दक्ष प्रविधिको अभाव खड्किरहेको वर्तमान अवस्थामा विभागको सम्पुर्ण ध्यान कालिकामा उत्पादित प्राविधिक जनशक्तिले भोलिको देश विकासमा सहयोग पुर्याउन सकोस भन्ने उद्देश्य रहेको इन्जिनियर खड्काले बताउनु भयो ।
खड्काका अनुसार विभागले वैशाख महिनाबाट नै वैकल्पिक सिकाइ अन्तरगत अनलाइन पठनपाठन पनि निरन्तर चलाइ रहेको छ । आगामी दिनमा पनि पत्रिका प्रकाशनलाई निरन्तरता दिनका लागि निकै मेहेनतका साथ विभागको आफ्नै व्लग समेत निर्माण गरेको खड्काले बताउनुभयो । यस कार्यले पहिले वहुचर्चित रहेको तर अहिले ओझेलमा परेको भित्ते पत्रिकाको महत्वलाई स्थापित गर्दै विद्यार्थीलाई सिर्जनशिल बनाउन कार्यले ठुलो योगदान पुर्याउने खड्काको भनाइ छ ।