उदयपुर । उदयपुरका कृर्षक खाद्यान्नबाली भन्दा नगदेबालीको खेती गर्न आर्कषित भएका छन् । अन्य खाद्यान्न बालीको तुलनामा नगदे बालीबाट दोब्बर आम्दानी हुन थालेपछि कृषक आकर्षित भएका हुन् ।
उदयपुरको भौगोलिक वनाट हवापानीअनुसार हुने अदुवा, अलैँची, दाल, बेसार, खुर्सानी लगायतका बाली लगाउने कृर्षक धेरै भेटिन्छन् । आर्थिक वर्ष ०६९/०७० देखि चालु आर्थिक ०७६/०७७ सम्म आइपुग्दा पतझड, दलहन, तेलहन, फलपूmल, मसालद र सुन्तला जातका नगदे बालीमा लगाउने कृर्षकको संख्या वृद्धि हुँदै गएको छ । उदयपुरमा आव ०६९/०७० मा तीनसय ७४ हेक्टरमा कृषकले नगदेबाली खेती गरेका थिए भने ०७६/०७७ सम्म आइपुग्दा झण्डै तीनहजार हेक्टर जमिनमा नगदे बालिको खेती हुन थालेको छ ।
‘मुख्य गरी ग्रामीण सडक सञ्जालले बजार क्षेत्रसम्म यातायात जोडिपछि नगदे बालीको खेती बढेको छ,’ एक कृषि जानकार भन्छन, ‘उदयपुरमा सुन्ताला कृर्षकका लागि जोनसमेत छ भने, ‘कटारी नगरपालिका पर्ने हर्देनी, मयाँखु, लेखानी, सिरिसे लगायतका क्षेत्रमा अदुवाको पकेट क्षेत्र वा जोन क्षेत्रे घोषित गरिएको छ ।’
यसरी बढेको छ नगदेबालीको खेती कृषि कार्यालयका अनुसार खुर्सानी, अदुवा, बेसार, लसुन, धनिया, प्याज, अलैँची, लगायतका बाली पर्दछन् । पतझड फलपूmलमा स्याउ, नास्पाति, आरु, आरुवखडा लगायतका बाली पर्दछन् । यसैगरी सदावार फलफुलमा एकहजार तीनबाट बढेर हाल एकहजार एकसय ३ सय ७ हेक्टर पुगेको छ। जसमा आँप, लिची, मेवा, भुईकटर, केरा, अम्वा, रुख कटहर र सुपारी पर्दछन् ।
सुर्ती, जुट, उखु, तरकारीमा हिउँदे वर्षे तथा वेमौसमीमा जम्मा एकसय ८७ हेक्टर खेती हुँदै आएको थियो हाल एकहजार ३२ पुगेको छ । सुन्तला जातमा जुनार, कागती, निवुवा, भोगटे र ज्यामीर पर्दछन् । कार्यालयका अनुसार तेलहन बालीमा तोरी, आलस, तील, सरस्यौं, रायो रहेका छन् । दलहन बालीमा मुसुरो, मास, भटमास, रहर, चना, गगत, खेसारी, बोडी केराउ जस्ता बाली पर्दछ । यता, सुन्तलाको जोननै छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ‘जोन’ कार्यान्वयन इकाईले पाँच सय हेक्टर क्षेत्रफलमा व्यवसयीक सुन्तालाको जोन सुरु गरेको छ । जिल्लाको सोरुङ छबिसे, ओख्ले, रुपाटारमा सुन्ताला जोनको रुपमा खेती हुन थालेको छ । १० वर्षका लागि छुट्टै सुन्तलाको जोन परियोजना सञ्चालन भइरहेको छ ।
उदयपुरमा एकसय २४ हेक्टर जमिनमा १८ सय मेट्रिकटनभन्दा बढी अदुवा उत्पादन हुँदै आएको छ । धान, मकै, कोदो, भटमास लगायतका खाद्यन्नबालीभन्दा नगदेबाली तर्फ उदयपुरका किसानको ध्यान गएको पाइन्छ । यता विभिन्न प्ररकारका तरकारी खेतीपनि व्यवसायीक रुपमा सुरु भएको छ ।