विधुतको पोलबाट खसेर इलेक्ट्रिसियनको मृत्यु

विधुतको पोलबाट खसेर इलेक्ट्रिसियनको मृत्यु

नेपाल विधुत प्राधिकरण पर्वत वितरण केन्द्रमा कार्यरत एक कर्मचारीको विधुतको पोलबाट खसेर सोमबार साँझ मृत्यु भएको छ । पर्वतको कुश्मा नगरपालिका–७ खरेहामा विधुत मर्मतका लागि पोल चढेका ३५ वर्षीय भोलाराम शर्माको पोलबाट खसेर मृत्यु भएको हो ।

बाग्लुङ नगरपालिका–१ रामरेखा घर भएका शर्माको पोलबाट खसेपछि उपचारका लागि पर्वत अस्पतालमा पुर्याउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

अवरुद्ध भएको विधुत लाइन मर्मतका लागि शर्मा साँझ साढे ७ बजे पोलमा चढेका थिए । उनलाई करेन्ट भने नलागेको वितरण कन्द्रले जनाएको छ । मृतक शर्मा नेपाल विधुत प्राधिकरणमा तेस्रो तहको इलेक्ट्रिसियन पदमा कार्यरत थिए । शव परीक्षणका लागि पर्वत अस्पतालको शवगृहमा राखिएको छ । आज परीक्षण गरेर परिवारलाई बुझाइने प्रहरीले जनाएको छ । रासस

सम्बन्धित खवर