पथरी शनिश्चरेका ८० जनाको कोरोना रिपोर्ट नेगेटिभ

पथरी शनिश्चरेका ८० जनाको कोरोना रिपोर्ट नेगेटिभ

पथरी, मोरङको पथरी शनिश्चरे नगरको क्वारेन्टिनमा रहेका र समुदायका गरी पछिल्लो पटक ८० जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

क्वारेन्टिनका ५ गरी कुल ८४ जनाको स्वाब संकलन गरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पीसीआर जाँचका लागि पठाइएकोमा ४ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । आज आएको ८० जनाको रिपोर्टमा कसैमा कोरोना नदेखिएको र बाँकी ४ जनाको पुनः परीक्षण गरी भोली रिपोर्ट आउने नगरका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले बताउनु भयो ।

सम्बन्धित खवर