किरण न्यौपाने, रंगेली
मोरङ्गको रंगेलीमा समुदाय स्तरमै फेरी ३ जनामा कोरोना देखिएको छ । केही साता अघि मात्र पुर्ण रुपमा कोरोना नियन्त्रण भएको रंगेलीमा फेरी कोरोना देखिएको हो ।
रंगेली नगरपालिकाले पछिल्लो समय तिरुपति बालाजि मन्दिर क्वारेन्टिनमा बसेका ९ जना सहित २५ जनाको जाच गर्दा ३ जनामा कोरोना देखिएको रंगेली स्वास्थ्य शाखाका भुपेन्द्र मण्डलले जानकारी दिए । कोरोना पुष्टी हुनेमा रंगेली नगरपालिकाको २ जना कर्मचारी सहित इलाका प्रहरी कार्यालय रंगेलीको लागुऔषध मुद्दाका एक जना थुनुवा रहेका छन् ।
हामीले रंगेलीमा समुदाय स्तरमै सत प्रतिशत कन्ट्याक ट्रेसिङ्गको रिर्पोट नेगेटिभ आएता पनि “रेन्डम्ली” मानिसहरुको पिसिआर जाँच गराउँदै आएका थियौँ मण्डलले भने– ति मध्ये ३ जनामा कोरोना देखियो । कोरोना देखिएको २ जना कर्मचारीलाई रंगेली जनता क्याम्पसकै आइसोलेशनमा राखिने स्वास्थ्य शाखाले जानकारी दिएको छ ।
यता रंगेली इलाका प्रहरी कार्यालयको हिरासतमा कोरोना देखिएका थुनुवालाई कानुनी प्रक्रिया पुरा गरेर आइसोलेशनमा पठाउने तयारी भइरहेको प्रहरी निरिक्षक लेखनाथ दाहालले बताए । संक्रमित थुनुवा सुनवर्षी नगरपालिकाको भएको प्रहरीले जानकारी दिएको छ ।
रंगेलीमा साउन १७ गते पहिलो पटक एकै परिवारका १४ जना सहित २२ जनामा समुदाय स्तरमै कोरोना देखिएपछी रंगेली नगरपालिकाले रंगेली बजार क्षेत्र पुर्ण रुपमा ३ साता शिल गरेर कन्ट्रयाक ट्रेसिङ्ग गर्दा १ सय ९ जनामा कोरोना देखिएपछी आफ्नै १ सय बेडको आइसोलेसन तयार गरेर कोरोना नियन्त्रणमा सफलता पाएको थियो ।
यता फेरी रंगेलीमा कोरोना देखिएपछी रंगेली नगरपालिका प्रशासकिय प्रमुख टोम सुवेदीले उनिहरुको “क्लोज कन्ट्रयाक”मा रहेकाहरुको आजै पिसिआर परिक्षण गर्ने तयारी भएको जानकारी दिदै, नगरपालिका भित्र हुने भिड्लाई कम गरेर सामाजिक दुरी कायम गरी दैनिक काम सञ्चालन गर्ने बताए ।