करेन्ट लागेर उदयपुरमा एकको मृत्यु

करेन्ट लागेर उदयपुरमा एकको मृत्यु

उदयपुर : उदयपुरको चौदण्डीगडी नगरपालिका–५ की ६१ वर्षीया सिलमन्ती चौधरीको करेन्ट लागेर मृत्यु भएको छ ।

आज बिहान ८ बजेको समयमा आफ्नै घरको कलमा जडान गरेको पानी तान्ने मोटर संचालन गर्ने क्रममा उक्त मोटरमा जडान गरिएको तारबाट अचानक करेन्ट लाग्दा चौधरीको घटनास्थलमा नै मृत्यु भएको भन्ने खबर प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय सुन्दरपुरबाट प्रहरी टोली खटि गई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

सम्बन्धित खवर