प्रदेश नंं. २ मा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ भने १२६ जना नयाँ सङ्क्रमित थपिएका छन् । सो अवधिमा धनुषाबाट एक जनाको मृत्यु भएको छ । यस प्रदेशमा मृतकको सङ्ख्या १०७ पुगेको छ ।
यसका साथै, सोही अवधिमा सप्तरीमा १५, सिरहामा २१, धनुषामा २२, सर्लाहीमा ४२, रौंतहटमा दुई, बारामा १५ र पर्सा नौं जना गरी १२६ जना नयाँ सङ्क्रमित थपिएको समाजिक विकास मन्त्रालयले जनाएको छ । यो समेत यस प्रदेशमा सङ्क्रमितको सङ्ख्या ११ हजार ६६५ जना पुगेको छ । सो मध्ये ३०६ जना उपचार गराइ आज निको भएर घर फर्केका छन् । यो समेत गरी अहिलेसम्म ६ हजार २४७ जना निको भएर घर फर्केका हुन् ।
यस प्रदेश अन्तर्गत रहेका १७३ वटा क्वारेन्टिनमा आजसम्म ४४५ जना बसेका छन् भने होम क्वारेन्टिनमा एक हजार ४७९ जना, आइसोलेसनमा ८६४ जना र होम आइसोलेशनमा चार हजार ४४७ जना बसेका छन् ।