पोखरा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अन्नपूर्ण गाउँपालिका कमिटिको सपथ ग्रहण कार्यक्रम बिहीवारदेखि सुरु भएको छ।
कोरोना महामारीलाई लक्षित गर्दै बिहीवार अन्नपूर्ण १ देखि ४ वडाबाट गाउँपालिका कमिटिमा प्रतिनिधित्व गर्ने सदस्यहरुले मात्रै सपथ ग्रहण गरेका छन् ।त्यस्तै ५ देखि ११ वडाबाट प्रतिनिधित्व गर्ने सदस्यले शुक्रवार मात्रै सपथ ग्रहण गर्दै छन्।
बिहीवारको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी केन्द्रीय सदस्य एवम् कास्की इन्चार्ज राजकाजी गुरुङ करणले राजनैतिक आवश्यकताले पार्टी एकता भएको स्पष्ट पार्दै एकीकरणको भावनालाई पार्टी सदस्य हुँदै समुदायसम्म पु¥याउनुपर्ने बताए।
उनले माक्र्सवाद तथा लेलिनवाद पार्टीको मुख्य सिद्घान्त रहेको चर्चा गर्दै कम्युनिष्टले द्वन्दात्मक भौतिकवादमा विश्वास मान्ने पनि बताए।आत्मनिर्भर अर्थतन्त्रको पक्षमा लाग्न कार्यकर्तालाई निर्देशन दिर्दै जिल्ला इन्चार्ज करणले माथिल्लो तहकालाई भन्दा तल्लो तहका कार्यकर्तालाई कतै पार्टी एकता तोडिने त होइन भन्ने चिन्ता रहेको समेत औँल्याए।
केन्द्रीय सदस्य एवम् कास्की सहइन्चार्ज चुडामणी जंगलीले शान्ति प्रक्रियाको जगबाटै एकीकरणको भावना विकास हुँदै आएको स्पष्ट पारे।उनले पार्टी भित्रको आन्तरिक जनवादलाई व्यवस्थित गर्नुपर्ने तथा सिद्घान्त र व्यवहार मिलाउनुपर्ने तर्क समेत गरे।
त्यस्तै केन्द्रीय सदस्य श्रीनाथ बरालले पार्टी नीति, सिद्घान्त अनुसार चल्नुपर्नेमा जोड दिर्दै नेकपालाई असल कम्युनिष्ट पार्टी बनाउन कार्यकर्ता तहदेखि नै लाग्नुपर्ने बताए । पार्टीमा गुटबन्दी नखेल्न पनि उनले सबैसँग आग्रह गरे।
सो कार्यक्रममा पार्टीका गण्डकी प्रदेश कार्यालय सदस्य पुण्यप्रसाद पौडेल, कास्की अध्यक्ष तथा गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापा, प्रदेशसभा सदस्य राजीप पहारी, प्रतिनिधी सभा सांसद् दुर्गा विक, जिल्ला सदस्य दामोदर बैरागी, पार्टीका मादी गाउँपालिका अध्यक्ष कृष्णराज दाहाल लगायतले पनि शुभकामना राखेका थिए।
उनीहरुले पार्टीलाई गाउँपालिका वडा हुँदै टोल कमिटिसम्म पु¥याउनुपर्ने, एकताका अप्ठ्यारालाई सबैले बुझनुपर्ने, अन्नपूर्णलाई कम्युनिष्ट किल्ला बनाउनुपर्ने, गुटबन्दी तोड्नुपर्ने, कम्युनिष्ट सिद्घान्त जीवनमा लागु गर्नुपर्ने, जनप्रतिनिधी पार्टीको निर्देशन अनुसार चल्नुपर्ने, केन्द्रमा खवरदारी गरिरहनुपर्ने लगायतका धारणा राखेका थिए।
पार्टीका गाउँपालिका अध्यक्ष धर्म गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम गाउँ कमिटि सचिव लक्ष्मीप्रसाद अधिकारीले संचालन गरेका थिए।



 
                                 
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                        



