सप्तरीका एसपी र डिएसपी दुवै जनालाई कोरोना संक्रमण पुष्टि

सप्तरीका एसपी र डिएसपी दुवै जनालाई कोरोना संक्रमण पुष्टि

राजेन्द्र महतो, लहान

जिल्ला प्रहरी कार्यालय सप्तरी राजबिराजका एसपी र डिएसपी दुवै जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। गजेन्द्रनारायण सिंह अस्पताल राजविराजले विहिवार सार्वजनिक गरेको रिपोर्ट अनुसार उनीहरुलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

४४ वर्षीय एसपी भदौ १० गते जिल्ला प्रहरी कार्यालय सप्तरीमा हाजिर भएका हुन्। उनीहरु दुवै जनाले वुधवार स्वाव परीक्षणका लागि दिएका थिए । घर जाने तयारीका लागि स्वाव परीक्षण गरे तर रिपोर्ट पोजेटिभ आएको भन्दै डिएसपीले आश्चर्य ब्यक्त गरे। उनिहरुको कुनै लक्षण पनि नभएको र स्वास्थ्यमा कुनै समस्या पनि नदेखिएको बताइएको छ।

सम्बन्धित खवर