रोगले थलिएर बसेका चित्र ठकुरीलाई सहयोगको खाँचो

रोगले थलिएर बसेका चित्र ठकुरीलाई सहयोगको खाँचो

नीसा दाहाल, पथरी

मोरङको पथरी शनिश्चरे ४ प्रगति टोलका चित्र ठकुरी आर्थिक अभावका कारण रोगले थलिएर बसेका छन् । लामो समय देखि बल्ड क्यान्सर, सुगर, थाइराईड, प्रेसर जस्ता रोगले थलिएर बसेका ठकुरीको आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ ।

आर्थिक अवस्था नाजुक भएका भक्तपुरको क्यान्सर अस्पतालमा उपचार गराउँदा भएको जायजेथा, ठकुरीकी आमा भक्त कुमारी ठकुरीले बताउनुभयो । आर्थिक समस्याकै कारणले आफ्नो छोराको स्वास्थ्य अवस्था झन जटिल बन्दै गइरहेको भन्दै उहाँले सहयोगको अपिल गर्नुभयो ।

छोराको उपचारका लागि आफुहरुसंग पैसा नभएको कारण अहिले गाउँसमाज, आफन्त, संघ–संस्था तथा सामजिक ब्याक्तित्वलाइ सहयोगको अपिल गरीरहेको ठकुरीले बताउनुभयो । बिरामी भएका चित्र बहादुर अहिले ४४ वर्ष पुग्नुभयो । परिवारको आर्थिक स्थिति पनि कमजोर भएको र अब उपचार खर्च धान्न नसक्ने स्थिति उत्पन्न भएकाले सहयोगको अपिल गरेको आमा भक्त कुमारिले बताउनुभयो ।

सम्बन्धित खवर