नेकपा संगठित सदस्य रानाभाट काँग्रेसमा प्रवेश

नेकपा संगठित सदस्य रानाभाट काँग्रेसमा प्रवेश

संजय आचार्य, पोखरा

नेकपामा संगठित सदस्य रामचन्द्र रानाभाट नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । मादी गाउँपालिका वडा नं. १२ अलैँची निवासी उनी २०५१ देखि तत्कालिन नेकपा एमालेको संगठित सदस्य थिए । उनी रत्नशोभा आधारभूत विद्यालयमा पूर्व प्रधानाध्यापक हुन् ।

नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले रानाभाटलाई पार्टीको सदस्यता प्रदान गरेका छन् । नेपाली काँग्रेस क्षेत्र नं. १ का सभापति विर्जमान गुरुङ, प्रदेश सभापति कृष्ण कोइराला, मादी १२ का संयोजक कृष्णचन्द्र बराल, नेपाल तरुण दलका नेता कमल गुरुङको उपस्थितिमा उनलाई सदस्यता प्रदान गरिएको हो ।

सम्बन्धित खवर