संजय आचार्य, पोखरा
नेपाली कांग्रेस पोखरा महानगर समितीको सभापती पदमा मिलन प्रसाद तिवारीले उम्मेदवारी दिने जानकारी दिएका छन् । बिपि कोइरालाको १०७ औँ जयन्तीको अवसरमा कोइरालाको प्रतिमामा पुष्प गुच्छा अर्पण गर्दै तिवारीले उम्मेद्वारी दिने घोषणा गरेका हुन् ।
जनताको सुख दुःखमा सदैब आफुलाई समर्पणसंगै बिपीको आर्दश सिद्धान्तलाई आत्मासात गरेर कांग्रेसलाई थप सवल र शसक्त कांग्रेस बनाउने अभियान सहित १४ औँ महाधिवेशनमा पोखरा महानगरपालिकाको सभापति पदमा आफू उम्मेदवार हुने तिवारीले घोषणा गरेका हुन् । हाल तरुण दल कास्कीका कार्यसमिती सदस्य रहेका उनले उम्मेदवारी घोषणा गरी प्रचार अभियान शुरु गर्दै सवैको साथ र सहयोगका लागि अपिल समेत गरेका छन् ।