पथरी शनिश्चरे १० मा आधारभूत स्वास्थ्य सेवा केन्द्र उद्घाटन

पथरी शनिश्चरे १० मा आधारभूत स्वास्थ्य सेवा केन्द्र उद्घाटन

पथरी, मोरङको पथरी शनिश्चरे १० मा आज आधारभूत स्वास्थ्य सेवा केन्द्र उद्घाटन भएको छ । नगर उपप्रमुख यमुना विष्ट वास्तोला र नगरका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमलाबाट संयुक्त रुपमा केन्द्रको उद्घाटन भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर उपप्रमुख वास्तोलाले नगरले वडावासीको स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने काममा सक्रियता देखाइरहेको जनाउँदै सवै वडामा यसप्रकारको केन्द्र स्थापना कार्य अघि बढेको बताउनु भयो ।

सो अवसरमा, प्रमुख प्रशासकीय अधिकृत धमलाका साथै वडा सदस्य अनोज घिमिरे, नगर स्वास्थ्य सहसंयोजक एकराज खत्री, जग्गादातामध्येका दिलबहादुर कार्कीले मन्तव्य व्यक्त गर्नुभयो । कार्यवाहक वडाध्यक्ष मैनादेवी फूयँल आचार्यको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा १० र ९ नम्वर वडावासीको उपस्थिती रहेको थियो । तत्कालका लागि त्यहाँ २ जना स्वास्थ्यकर्मी खटिएका छन् ।

स्थानीय दिलबहादुर कार्की र गोपाल कार्कीले जग्गा दान गरेपछि भवन बन्ने काम सुरु भएपनि तत्काललाई त्रिवेणी चोकमा घर भाडामा लिएर आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन गरिएको हो । कार्की दाजूभाईले आफ्ना बुबा हरिश्चन्द्र कार्कीको स्मृतिमा ३० लाख मुल्य पर्ने २ कठ्ठा जग्गा केन्द्रका लागि दान गर्नुभएको छ ।

सम्बन्धित खवर