आधारभूत स्वास्थ्य केन्द्रलाई स्वाथ्य सामग्री प्रदान

आधारभूत स्वास्थ्य केन्द्रलाई स्वाथ्य सामग्री प्रदान

पथरी, मोरङको पथरी शनिश्चरे १० मा खडा भएको आधारभूत स्वास्थ्य केन्द्रका लागि आज आवश्यक स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरिएको छ ।

उर्लाबारीस्थित कृषालय एग्रोग्रेट प्रालिले प्रदान गरेको स्वास्थ्य सुरक्षा सामग्री अन्तर्गत पीपीइ सेट, ज्वरो नाप्ने थर्मलगन, केएन नाइन्टीफाइभ मास्क, ग्लोब, गमबुट सहितका सामग्री वडा कार्यालयमार्फत वितरण भएको हो ।

१० नम्वर वडाध्यक्ष सागर राई, कार्यपालिका सदस्य मैनादेवी फूयँल आचार्य, वडा सदस्य मनकुमारी विश्वकर्मा, स्थानीय समाजसेवी दिलबहादुर कार्की र कमल बुढाथोकीले त्रिवेणी चोक दक्षिणमा स्थापना भएको स्वास्थ्य केन्द्रका लागि ती सामग्री हस्तान्तरण गर्नुभयो ।

स्थानीय दिलबहादुर कार्की र गोपाल कार्कीले जग्गा दान गरेपछि भवन बन्ने काम सुरु भएपनि तत्काललाई घर भाडामा लिएर आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन गरिने भएको हो । भोली त्यहाँको सेवाको उद्घाटन् हुने भएको वडाध्यक्ष राईले जनाउनु भयो । यसैगरी नगरको एम्बुलेन्स चालक र सिविर डाँडामा सञ्चालनमा रहेको फुडबैंकमा खटिएका स्वंयमसेवकहरुलाई पनि आवश्यक पीपिई, गगल्स, मास्क, बुट लगाएतका स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।

सम्बन्धित खवर