नेपाली सेना द्वारा कार्यविधि अनुसार शव व्यवस्थापन

नेपाली सेना द्वारा कार्यविधि अनुसार शव व्यवस्थापन

राजेन्द्र महतो, लहान

सिरहामा कोरोनाबाट मृत्यु भएको मिर्चैया नगरपालिका ५ का ६२ वर्षीय पुरुषको शव नेपाली सेनाले कार्यविधि अनुसार व्यवस्थापन गरेको छ । सिरहाको श्री शेर गण चौहर्वाबाट खटिएको सेनाको टोलीले सोमबार राती ७ः३० बजे मृतकको शव मिर्चैया ७ स्थित रहेको हरियो डाडा सामुदायिक वनमा व्यवस्थापन गरेको हो।

उनको जनकपुरको प्रादेशिक अस्पतालमा उपचारको क्रममा आइतबार राती ८ बजे मृत्यु भएको थियो । उनलाई ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि आइतबार दिउँसो उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको थियो । तत्कालै आकस्मिक कक्षमा राखी स्वाब संकलन गरेर उपचार शुरु गरिएको थियो । पुरुषको मृत्यु हुनुअघि साँझ ५ बजेतिर कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । उनी मधुमेह र निमोनियाले ग्रसित बिरामी रहेको बताइएको छ ।

सम्बन्धित खवर