झोलामा मान्छेको टाउको बोकेर १ बजे राति प्रहरीका कहाँ पुगे एक युवा

झोलामा मान्छेको टाउको बोकेर १ बजे राति प्रहरीका कहाँ पुगे एक युवा

धादिङमा एक युवकले ६५ वर्षीय पुरूषको हत्या गरी प्रहरीसमक्ष टाउको बुझाएर आत्मसमर्पण गरेका छन्। जिल्ला प्रहरी कार्यालयका एसपी रविन्द्र रेग्मीका अनुसार हत्या बिहीबार राति करिब साढे १० बजे निलकण्ठ नगरपालिका १३ खलचेत भन्ने ठाँउमा भएको थियो।

उनका अनुसार २६ वर्षीय राजु परियारले खुल्ला स्थानमा ६५ वर्षीय सोम बहादुर गुरूङको हत्या गरेका हुन् । हत्या गरेपछि राति १ बजे झोलामा टाउको र हत्यामा प्रयोग भएको खुर्पा लिएर परियार प्रहरी कार्यालय पुगेका थिए। ‘हत्या गरेर टाउको र आफूले प्रयोग गरेको हतियार झोलामा ल्याएर प्रहरीमा आत्मसमर्पण गरेको छ, एसपी रेग्मीले भने।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार ती पुरूषले ठुलो विवाद नभइ आवेगका आएर हत्या गरेका हुन्। ‘उनीहरूबीच ठुलोभन्दा पनि सानोतिनो विवाद भएको हो, उनले भने, आवेगमा आएर गरिएको हत्या देखिन्छ। ’बाँकी शवलाई मुचुल्का उठाएर पोष्टमार्टमका लागि अस्पताल पठाउने तयारी भइरहेको उनले बताए । ती दुबै जना एउटै टोलका बासिन्दा थिए।

हत्या यसरी भएको थियो

जिल्ला प्रहरी कार्यालयको मूलगेटमा ड्युटीमा खटिएका एक जना प्रहरीलाई एक जना युवा आएर ‘म त मान्छे काटेर आएको’ भनेर सुनाए । कार्यालयलाई पहरा दिइरहेका ती प्रहरीले पत्याएनन् । प्रहरीले नपत्याएपछि ती युवकले झोला खोलेर देखाए । झोलामा एक पुरुषको टाउको मात्रै देखेपछि ती प्रहरीको होस उड्यो ।

बिहीबार राति १० बजेतिर धादिङको नीलकण्ठ नगरपालिका–१३ स्थित खलचेतमा आत्महत्या गरेका एक व्यक्तिको १३ दिने कर्मकाण्डमा संस्कारअनुसारको पितृप्रसाद खाएर फर्किरहेका ६४ वर्षीय सोमबहादुर गुरुङ र २३ वर्षीय राजु परियारको बाटोमा जम्काभेट हुन्छ ।

राजुले सोमबहादुरलाई सोधे, ‘यति राति कता हिँडेको बाबै ?’ सोमबहादुरले जिस्किँदै जवाफ दिए, ‘तेरो श्रीमतीलाई भेट्न जान लाको ।’ युवक रिसाउँदै ‘यस्तो उमेरमा पनि नचाहिने कुरा गर्ने’ भन्दै बाझ्न थाले । वृद्धले युवकको घॉटी समाते, युवक फुत्केर नजिकैको घरमा गएर खुर्पा ल्याएर वृद्धको गर्दन छिनाए ।

त्यसपछि उनी हत्या गरिएका वृद्धको टाउको झोलामा राखेर डेढ घण्टा पैदल हिँडेर जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गर्न पुगे । युवकले गुरुङको टाउको र खुर्पा बोकेर जिल्ला प्रहरी कार्यालय धादिङमा आत्मसमपर्णका लागि पुगेका हुन् ।

सेतोपाटीको सहयोगमा

सम्बन्धित खवर