प्रदेश १ मा आज ९५ संक्रमित थपिए, पथरी शनिश्चरेका पनि १ जना

प्रदेश १ मा आज ९५ संक्रमित थपिए, पथरी शनिश्चरेका पनि १ जना

विराटनगर, प्रदेश १ मा आज ९५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४४, सुनसरीमा २८, झापामा १२, संखुवासभामा ६, धनकुटा र तेर्‍हथुममा २/२ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा आज ३३ जनामा संक्रमण देखिएको छ । १३ महिला र २० पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । मोरङको सुन्दरहरैचामा ३ पुरुष, लेटाङमा २ महिला १ पुरुष, कटहरीमा २ पुरुष, ग्रामथान र पथरी शनिश्चरेमा १/१ पुरुष र बुढीगंगामा १ महिलामा संक्रमण देखिएको छ ।

उता सुनसरीको धरानमा ४ महिला १७ पुरुष, इटहरीमा १ महिला २ पुरुष, बर्जु, भोक्राहा नरसिंह र स्थानीय तह नखुलेका १/१ पुरुष र देवानगञ्जमा १ महिला, झापाको कमल गाउँपालिकामा २ महिला ४ पुरुष, विर्तामोडमा ४ महिला १ पुरुष, अर्जुनधारामा १ पुरुष, संखुवासभाको खाँदबारीमा ५ पुरुष र मादीमा १ पुरुष, धनकुटाको शहिदभूमीमा १ पुरुष, धनकुटा नगरपालिकामा १ महिला, तेर्‍हथुमको म्याङलुङमा १ महिला १ पुरुष र प्रदेश १ बाहिरका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ६८० पुगेको छ ।

मोरङको पथरी शनिश्चरेबाट ८० जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा सबै नेगेटिभ आएको छ । पथरी शनिश्चरे वडा नं. ८ का एकजना प्रहरी बोर्डर साइटमा कार्यरत रहेका र उनले नगर मार्फत नभएर सिधै कोशी अस्पतालमा गराएको परीक्षणको रिपोर्ट पोजेटिभ आएको नगरका स्वास्थ्य संयोजक मुरारी आचार्यले जानकारी दिनुभयो ।

प्रदेश १ बाट आज ६० जना डिस्चार्ज भएका छन् । मारवाडी सेवा सदन आईसोलेसन केन्द्र, विराटनगरबाट १८, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १३ जना, होम आईसोलेसनबाट ११, कालि सदन आईसोलेसन, विराटनगरबाट ७ जना, विराट मेडिकल आईसोलेसन केन्द्र, बुढीगंगाबाट ६ जना, रुम्झाटार आईसोलेसन केन्द्र, ओखलढुङ्गाबाट २, धाईजन आईसोलेसन केन्द्र, झापाबाट २ र वैजनाथपुर आईसोलेसन केन्द्र, विराटनगरबाट १ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ७४७ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार ७ सय ९० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३० महिला र ६५ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार हाल सम्म ९३ हजार २९८ जनाको पीसीआर परीक्षण गरिएको छ ।

सम्बन्धित खवर