विपन्न परिवारका लागि विराटनगरमा फुड बैंक सञ्चालन

विपन्न परिवारका लागि विराटनगरमा फुड बैंक सञ्चालन

विराटनगर : कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका कारण समस्यामा परेका विपन्न परिवारका लागि यहाँ फुड बैंक सञ्चालनमा ल्याइएको छ ।

निषेधाज्ञाका कारण रोजगारी गुमाएका परिवारलाई लक्ष्य गरी आजदेखि ‘फुड बैंक’ सञ्चालनमा ल्याइएको हो । फुड बैंकमा एक व्यक्तिलाई अढाइ केजी चामल, आधा लिटर तेल, २५० ग्राम दाल, सोयाबिन र नुन रााखिएको छ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० नगर सभापति सागर थापा र सचिव हेम कार्कीसहितको टोलीले २० क्विण्टल चामलसहित खाद्यान्न सङ्कलन गरी फुड बैंकको व्यवस्थापन गरेको छ ।

फुड बैंकका लागि निर्माण व्यवसायी, विद्यार्थी, राजनीतिक दलका नेता, सामाजिक क्षेत्रका अगुवा एवं स्वयंसेवक युवाले योगदान पु¥याउनुभएको छ । यो अभियानबाट आर्थिक अवस्था नाजुक भएका परिवारलाई राहत पुग्ने नेकपा नगर अध्यक्ष थापाले बताउनुभयो । बन्दाबन्दी र निषेधाज्ञाका कारण मारमा परेका विपन्न र मजदूर परिवालाई भोकै बस्नु नपरोस् भन्ने उद्देश्यले खाद्यान्न सामग्री पु¥याउन ‘फुड बैंक’ स्थापना गरिएको फुड बैंक सोसाइटीका संयोजक सुरज कटुवालले जानकारी दिनुभयो ।

सम्बन्धित खवर