बर्दियामा महिलामैत्री आइसोलेसन कक्ष

बर्दियामा महिलामैत्री आइसोलेसन कक्ष

बर्दिया जिल्लास्थित गुलरिया नगरपालिकामा महिलामैत्री आइसोलेशन कक्ष निर्माण भएको छ । दुई साताअघि महिलालाई मात्र राख्न मिल्ने आइसोलेशन सञ्चालनमा ल्याइएको स्वास्थ्य कार्यालय बर्दियाका फोकलपर्सन कृष्णगोपाल चौधरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कोरोना सङ्क्रमित महिलाको अब त्यहीँ उपचार हुनेछ । जिल्लामा शुक्रबारसम्म ३२९ कोरोना सङ्क्रमितमध्ये ६२ महिला छन् । तीमध्ये ५२ जना निको भएर घर फर्केका छन् ।

बर्दिया जिल्ला समन्वय समितिले बनाएको उक्त आइसोलेशन वार्डमा जेनेरेटरसहित एसी जडान गरिएको छ । सङ्क्रमितको उपचारका लागि दुई स्वास्थ्यकर्मी र सुरक्षाकर्मी छन् । छब्बीस शय्याको उपचार केन्द्र बनाइएको बर्दिया जिसस प्रमुख शङ्करप्रसाद थारूले बताउनुभयो ।

सङ्क्रमितका लागि उपचार केन्द्र नहुँदा बाँकेलगायत जिल्लामा जानुपर्ने बाध्यता थियो । आइसोलेशन निर्माणमा करीब रु एक लाख ५० हजार बर्दिया जिससले व्यहोरेको जनाइएको छ । रासस

सम्बन्धित खवर