कोरोना संक्रमित थप एक जना लहानका वृद्ध महिलाको उपचारका क्रममा मृत्यु

कोरोना संक्रमित थप एक जना लहानका वृद्ध महिलाको उपचारका क्रममा मृत्यु

राजेन्द्र महतो, लहहान

सिरहाको लहान ९ खुट्टीपारीका ६५ वर्षीय कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएकी उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा आज शुक्रवार ११ बजे मृत्यु भएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिप कणेल बताएका छन् ।

कोशी अस्पताल विराटनगरमा विहिवार उपचार गराउन पुगेकी मृतकको कोरोना परीक्षणमा पोजेटिभ आएको थियो । करिब चार घण्टा भेन्टिलेटरमा राखेर उपचार गर्दैगर्दा उनको मृत्यु भएको कोशी अस्पतालले जनाएको छ । उनी दीर्घरोगी भएको र श्वासप्रश्वासमा समस्या रहेको बताइएको छ।

मृतकको शव नेपाली सेनाको टोलीले लहान ल्याउने प्रमुख जिल्ला अधिकारी कणेलले बताएका छन् । योसंगै सिरहामा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

सम्बन्धित खवर