युवाहरुको सक्रियतामा नगरको चौतर्फी विकास हुन्छ ः उपप्रमुख वास्तोला

युवाहरुको सक्रियतामा नगरको चौतर्फी विकास हुन्छ ः उपप्रमुख वास्तोला

पथरी, पथरी शनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले नगरको चौतर्फी विकासका लागि युवाहरुको सक्रियता आवश्यक रहेको बताउनु भएको छ ।

नगर उपप्रमुख वास्तोलाले आज नगरको वडा नम्वर १० मा युवाहरुले खडा गरेको खाद्यान्न सहायताको ‘फुड बैंक’ को सुरुवात गर्ने क्रममा सो कुरा बताउनु भएको हो । उहाँले युवाहरुको सक्रियतामा नगरमा विभिन्नखाले उदाहरणीय गतिविधि हुन थालेकोप्रति खुसी व्यक्त गर्दै अव युवाहरुको सधैंको सक्रियताले नगर नमूना बन्न सक्ने उल्लेख गर्नुभयो ।

कोरोना भाइरसको संक्रमणबाट जोगिन जारी बन्दाबन्दी ९लकडाउन० का समयमा आर्थिक रुपले अति विपन्न परिवारको खाद्यान्न सहयोगका वडा नम्बर १० को कार्यालय अगाडि खडा भएको ‘फुड बैंक’ बाट आज १ सय ८५ परिवारले खाद्यान्न लगेका छन् । गरिमा अनलाइन टेलिभिजन, हाम्रो फाउण्डेशन, भूटानी शिविर व्यवस्थापन समिति, प्रतिभा समाज सुधार युवा क्लब र टिचर क्लब पथरीशनिश्चरेको व्यवस्थापनमा ‘फुड बैंक’ स्थापना गरिएको हो ।

१० नम्वर वडाकी कार्यवाहक वडाध्यक्ष मैनादेवी फूयँल आचार्यले वडा कार्यालयको समेत सहयोगमा अतिआवश्यक परेकाहरुका लागि राहत प्रदान गर्न सहयोग जुटाउने अभियानले वडा सहित समस्यामा परेका समग्र मानिसहरुमा ठूलो सहयोग पुग्ने बताउनु भयो । शिविर व्यवस्थापन समितिका राम बानियाँले कार्यक्रमको औचित्य प्रकाश पार्दै सहयोगका लागि आव्हान गर्नुभयो । लकडाउनका कारण समस्यामा परेका नगरभित्र वा नगर बाहिरका आर्थिक रुपले अति विपन्न, असहाय, असक्त परिवारलाई प्रति परिवार ५ किलोग्राम चामल, आधा केजी दाल, आधा लिटर खाने तेल र नून सहितको प्याकेट उपलब्ध गराउन सुरु गरिएको छ ।

‘हामी छौं त केवल एक अर्काका लागि छौं’, ‘सकिन्छ मुठी खोलौं, सकिदैन लिएर जाउँ’ भन्ने नाराका साथ अभियानमा युवाहरु जुटेका छन् । यसखाले सहयोगको अभियानका लागि विभिन्न पक्षबाट सहयोग जुट्ने क्रम बढेको अभियानका संयोजक प्रदीपकुमार राईले बताउनु भयो । उहाँले भन्नुभयो ‘सक्नेले सहयोग गर्ने र नसक्नेले सहयोग लिएर जाने अवधारणामा यो बेला साँच्चै नै चुल्हो बल्न समस्या भएकालाई हामीले सहयोग पुर्याउने काम थालेका हौं ।’

कोरोनाको जोखिमबाट बच्ने सन्दर्भमा १० नम्वर वडा कार्यालयले वडा स्थित ‘प्रहरीको साथी म’ र फुड बैंकमा खटिने स्वमयसेवकहरुका लागि शुक्रबार निःशुल्क बिमा गरिदिएको छ । साथै ‘फुड बैंक’को व्यवस्थापनमा पनि सघाएको छ ।

सम्बन्धित खवर