पोखरा लामेआहालमा मृत अवस्थामा भेटिएकी महिलाको पहिचाहन खुल्यो

पोखरा लामेआहालमा मृत अवस्थामा भेटिएकी महिलाको पहिचाहन खुल्यो

पाेखरा : पोखराको  लामेआहालस्थित वेवारिसे अवस्थामा फेला परेको शवको पहिचान भएको छ ।

सोमबार पोखरा महानगरपालिका -३२ लामेआहालस्थित सडक छेउको प्रतिक्षालयमा वेवारिसे अवस्थामा फेला परेको शव तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका -८ वस्ने अन्दाजी ५० वर्षीया सिता परियारको भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

कपडाले बेरिएको अवस्थामा फेला परेको उक्त शवको मुख र नाकबाट रगत बगेको अवस्थामा स्थानीयले भेटेपछि प्रहरीलाई खबर

गरेकोमा इलाका प्रहरी कार्यालय डांडाकोनाक बाट खटिएको प्रहरीको टोलीले शवलाई पोष्ट मार्टमका लागि स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको थियो ।

प्रहरीका अनुसार शवको पोष्टमार्टम रिपोर्ट आइनसकेको कारण महिलाको हत्या हो या अन्य कारण खुलिनसकेको छैन ।

सम्बन्धित खवर