राजेन्द्र महतो, लहान
प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामका तीन बैंकका तीन जना कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
शनिवार आएको पिसिआर रिपोर्ट अनुसार बैंक अफ काठमाडौं, एभरेष्ट बैंक र सिद्धार्थ बैंकका एकरएक जना कर्मचारीमा कोरोना पुष्टि भएको हो । संक्रमित कर्मचारीको नाम र ठेगाना गोप्य राखिएको छ ।
जनकपुरका अधिकांश बैंकका कर्मचारीमा कोरोना पुष्टि भइसकेको छ । कर्मचारीमा कोरोना पुष्टि भएपछि मुक्तिनाथ विकास बैंक, माछापुच्छ्रे बैंक र नेपाल बंगलादेश बैंकको शाखा बन्द गरिएको छ ।