प्रदेश सञ्चार विधेयक फिर्ता

प्रदेश सञ्चार विधेयक फिर्ता

जनकपुर, प्रदेश नं २ का प्रदेश प्रमुख तिलक परियारले ‘प्रदेश सञ्चार विधेयक’ फिर्ता पठाउनुभएको छ । प्रदेशसभाबाट पारित भएर प्रमाणीकरणका लागि पठाइएका सो विधेयकमा प्राविधिक त्रुटि र अधिकांश शब्द संयोजन नमिलेको कारणले फिर्ता पठाइएको प्रदेश प्रमुखका स्वकीय सचिव पद्म विश्वकर्माले जानकारी गराउनुभएको छ ।

विधेयकको विभिन्न दफा उपदफामा देखिएका त्रुटिलाई सच्याउनका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयमा पठाइएको र विधेयक सच्याएर आएपछि प्रमाणीकरण हुने उहाँले बताउनुभयो । रासस

सम्बन्धित खवर