सुनवर्षीमा सरकारी बाहेकका सवारी साधन १ हप्ताका लागि बन्द, बजार भाद्र १ देखि मात्रै खोल्ने

सुनवर्षीमा सरकारी बाहेकका सवारी साधन १ हप्ताका लागि बन्द, बजार भाद्र १ देखि मात्रै खोल्ने

पथरी, कोरोनाको उच्च जोखिम देखिएपछि मोरङको सुनवर्षी नगरपालिकाले १ हप्ताका लागि सरकारी बाहेक सबैखाले सवारी साधन बन्द गर्ने निर्णय गरेको छ । मंगलबार बसेको कोभिड १९ संक्रमण नियान्त्रण रोकथाम तथा प्रतिकार्य समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले भाद्र १ गते सम्मलाई गुद्रि तथा सबैखाले हाटबाजर बन्द गर्ने, किराना पसलहरु मापदण्ड अपनाएर विहान ८ देखि १० बजे सम्म मात्रै खोल्ने, तरकारी तथा फलफुल पसल विहहान ६ देखि ८ बजे सम्म खोल्ने, किनबेच गर्नेले अनिवार्य भौतिक दुरी कायम गर्ने र मास्क लगाउनुपर्ने, मास्क नलगाएको पाइएमा १ सय रुपैया जरिवाना गर्ने समेत निर्णय गरेको छ । चाडपर्वमा अनावश्यक भिड नगर्ने, बाहिर ननिस्कने, निस्कनै पर्ने भएमा मास्क लगाएर मात्रै निस्कनुपर्ने पनि निर्णय गरेको छ ।

यस्तै बैठकले सुनवर्षीमा हाल सम्मको कोरोनाको अवस्था पनि विश्लेषण गरेको छ । हहाल सम्म सुनवर्षीमा ९ सय जनाको कोरोना परीक्षण गर्दा ४८ जनाको रिपोर्ट पोजेटिभ आएको छ । संक्रमित सबै हाल निको भइसकेका छन् । १ जनाको निधन भएको र उनको सम्पर्कमा, र परिवारमा रहेकाहरुको स्वाव संकलन भएको तर रिपोर्ट आइनसकेको अवस्था छ ।

हिजो रंगेलीमा गरिएको स्वाव परीक्षणमा अमरदहमा फ्युजसेवामा कार्यरत कर्मचारीमा पनि कोरोना पोजेटिभ देखिएकाले समुदायमा पनि कोरोना फैलियोकी भन्ने आशंका रहेकाले सबै नगरवासीलाई सचेत रहन अनुरोध समेत गरिएको नगर स्वास्थ्य निरीक्षक किशोर कुमार मण्डलले जानकारी दिए ।

सम्बन्धित खवर