रंगेलीको नगरसभा बहुमतले पारित, नेपाली काग्रेसको बहिस्कार

रंगेलीको नगरसभा बहुमतले पारित, नेपाली काग्रेसको बहिस्कार

किरण न्यौपाने, रंगेली

रंगेली नगरपालिकाले चौथो नगरसभाबाट आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम बजेट ल्याएको छ । नगरसभाले बहुमतको आधारमा कुल ६१ करोड २७ लाख रुपैँयाको नीति तथा कार्यक्रम ल्याएको हो ।

बहुमतको आधारमा पारदर्शिता र छलफल नै नगरी एकलौटी रुपमा बजेट ल्याएको भन्दै नेपाली कांग्रेसले नगरसभा बहिस्कार गरेको छ । सभाले बहुमतको आधारमा नीति तथा कार्यक्रम ल्याएपछी नेपाली कांग्रेसले नगरसभा चलिरहेकै बिच नाराबाजी र विरोध समेत गरेका थिए । नगरसभाको पक्षमा नेकपा र जनता समाजबादी पार्टी उभिएको छ ।

नौ वटा वडा रहेको रंगेलीमा नेकपाको ४ जना वडा अध्यक्ष सदस्य सहित २० जना र जनता समाजबादी पार्टिका २ जना वडाअध्यक्ष सहित १० जना सदस्यहरु रहेका छन् । नगरसभा बहिस्कार गरेका नेपाली कांग्रेसका ३ जना वडाअध्यक्ष सहित २० जना नगरसभा सदस्यहरु रहेका छन् । सभामा उपमेयर केशव कुमारी खरालले बजेट प्रस्तुत गर्नुभएको थियो । नगरसभामा रंगेली नगरपालिकाको गत वर्ष भन्दा १४ करोड कमको नीति तथा कार्यक्रम आएको छ । गत वर्ष नगरसभाले रंगेलीको बजेट ७५ करोड ५६ लाख रुपैयाको ल्याएको थियो ।

सभाले वडास्तरीय पूँजिगत खर्चका लागि २ करोड २५ लाख, नगरस्तरीय पूँजिगत योजनाका लागि १ करोड ६७ लाख, प्रशासनिक खर्च तर्फ १३ करोड १० लाख, विपद तथा कोरोना कोषमा १ करोड, मर्मत कोषमा १ करोड, संघिय सरकार शसर्त अनुदान तर्फ २९ करोड ८४ लाख, सामाजिक सुरक्षा तर्फ १४ करोड, भैपरी पूँजिगत खर्च १ करोड, कोल्ड स्टोर सोधभर्नाका लागि ८८ लाख रुपैया, लक्षित वर्ग विषयगत खर्च तर्फ ४ करोड ११ लाख ४७ हजार रुपैया छुटयाएको छ ।

सभाले कृषि विकास कार्यक्रमका लागि ९७ लाख, स्वास्थ्य सेवा प्रवद्र्धन कार्यक्रम तथा रंगेली अस्पतालको सुुदृढिकरणको लागि १ करोड ३१ लाख, शैक्षिक गुणस्तर अभिवृद्धिक योजनाका लागि १ करोड ४ लाख, पशुपंक्षि प्रवद्र्धन तथा विकास कार्यक्रमका लागि ७७ लाख, महिला, बालबालिका अपाङ्गगत तथा लक्षित वर्गका लागि ५० लाख, सहकारी विकास कार्यक्रमका लागि १० लाख रुपैया विनियोजन गरिएको छ ।

नगरसभाले संघीय सरकारले अबलम्वन गरेको आर्थिक तथा वित्तिय नीतिहरु तथा स्थानिय सरकार सञ्चालन ऐन, नेपालको संविधानमा उल्लेखित मौलिकहकहरु र स्थानिय समस्याहरुलाई आधार बनाएर जनसहभागीतामुलक योजनालाई बजेटले जोड दिएको छ । बजेटले रंगेली नगरभित्रका प्रत्येक टोलमा कुषक समुह तथा कृषि सहकारी संस्था निर्माण, खेतियोग्य जमिनमा साना कुलो र भूमिगत सिंचाई व्यवस्था गर्ने, सहकारी एकिकरणका लागि प्रोत्साहन, प्राविधिक शिक्षा विद्यालयलाई प्रोत्साहन, उत्कृष्ट कार्य सम्पादन गर्ने सामुदायिक र निजी विद्यालय तथा शिक्षकहरुलाई पुरस्कृत गरिने, सबै माविमा सुचना प्रविधि सहितको शिक्षाको व्यवस्थापन, विद्यालयमा विधुतीय हाजिरी तथा शिक्षक र विधार्थीहरुमा लकबुक व्यवस्था, बवियाविर्ता र रंन्जनी स्वास्थ्य चौकीमा ल्याब सेवा, नगरस्तरीय एम्बुलेन्स खरिद, रंगेली अस्पताललाई ५० शैयाको प्रादेशिकअस्पतालका लागि पहल गरिने, कोरोना कार्यक्रमलाई निरन्तरता, सडक बत्ति, नगर रिङ्ग रोड, खानेपानी ओभरहेड टेंकी निर्माण, वडाको भवन निर्माण योजनालाई निरन्तरता, डिपीआर अुनसारका योजना सुचारु गर्नका लागि पहल, मलङ्गथान सिमसार क्षेत्रलाई पर्यटकीय बनाउने, संसारीमाई स्थानको पुर्वाधार विकास पहल, नगरभित्रका विद्यालय, कलेजको १ सय मिटर क्षेत्रमा मदिरा निषेध, निजी वन लगाउनेलाई प्रोत्साह, गुनासो तथा उजुरी पेटीका राखेर गुनासो सुनवाई गरिने लगायतका मुख्य योजनालाई बजेटले समेटेको छ ।

सम्बन्धित खवर