आइबोसको अन्तरक्रिया पथरीमा सम्पन्न

आइबोसको अन्तरक्रिया पथरीमा सम्पन्न

पथरी, आइबोस ग्लोबल लाइफ इन्टरनेस्नलको अन्तरक्रिया कार्यक्रम पथरीमा सम्पन्न भएको छ । सोमबार पथरीको रत्नचौकमा भएको अन्तरक्रियाको सहजीकरण कम्पनीका प्रदेश १ प्रमुख नारायण योङ्हाङले गर्नुभयो ।

अन्तरक्रियामा पथरी शनिश्चरे, रतुवामाई लगाएतका स्थानबाट २५ जना सहभागीहरु रहेका थिए । कम्पनीको उत्पादन, टिमवर्क र कम्पनीले दिने बोनसका बारेमा योङ्हाङले सहजीकरण गर्नुभयो । कम्पनीले ४२ प्रतिशत सम्म बोनसको व्यवस्थापन गरेको छ । हाल कम्पनीले हेल्थ एण्ड व्युटि, हेल्थ सप्लिमेन्ट र टि एण्ड कफी गरी ३ प्रकारका सामाग्रीहरु उत्पादन गरिरहेको छ ।

नेपालमा सरकारी तवरबाट मार्केटिङ कम्पनी सञ्चालनका लागि अनुमती दिएपछि आइबोस लगाएतका कम्पनीहरुले अनुमती लिएर काम अगाढी बढाएका छन् । आइबोसले नेपालमा पहिलो नम्बरमा दर्ता गर्न सफल भएको छ । यहि असार १६ गते कम्पनी रजिस्टरको कार्यालयमा दर्ता गरेर कम्पनीले आधिकारिक रुपमा देशैभर आफ्नो व्यावसायलाई फैलाइरहेको छ ।

सम्बन्धित खवर