युवती सहित रिभरसाइडबाट ७ जना पक्राउ

युवती सहित रिभरसाइडबाट ७ जना पक्राउ

सुनसरी, इटहरीको रिभर साइड रिर्सोटबाट युवतीसहित ७ जना पक्राउ परेका छन् । युवती राखी यौन व्यवसाय सञ्चालन गरेको सूचनाको आधारमा प्रहरीले इटहरी ९ स्थित रिभर साइड रिसोर्टमा छापा मारी सात जनालाई नियन्त्रणमा लिइएको छ ।

शुक्रवार साँझ इलाका प्रहरी कार्यालय इटहरीको टोलीले रिर्सोटमा छापा मारेको थियो । छापा मार्ने क्रममा शङ्कास्पद अवस्थामा रहेका छ जना पुरुष र एक युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरूको विषयमा अनुसन्धान भइरहेको इटहरीका डिएसपी धर्मराज भण्डारीले जानकारी दिए ।

रिर्सोट भित्र यौनजन्य गतिविधि भएको सूचनाको आधारमा हामीले छापा मारेका हौ, उनले भने केही व्यक्ति प्रहरी नियन्त्रणमा छन्, अनुसन्धान भइरहेको छ ।

नियन्त्रणमा लिइएको एक युवती भने होटेलको काउन्टरमा बस्ने बताइएको छ । होटेल सञ्चालक भने फरार छन् । उनको खोजी भइरहेको जनाइएको छ । नियन्त्रणमा लिइएका पुरुषहरू कोही बेलबारी, झुम्का, इनरुवा ठेगाना भएका छन् ।

सम्बन्धित खवर