देवर ,भाउजु एउटै हाँगामा झुन्डिएको अवस्थामा फेला

देवर ,भाउजु एउटै हाँगामा झुन्डिएको अवस्थामा फेला

इलाम : इलामको माङसेबुङ गाँउपालिका–६ मा एउटै रुखको हाँगा झुण्डिएको अवस्थामा देवर–भाउजु मृत्त भेटिएका छन् । माङसेबुङ–६ मावाटोलका २७ वर्षीय विशाल राई र उनकै भाउजु २६ वर्षीया गीता राईको शव फेला परेके प्रहरीले जनाएको छ। बिहीबार बिहानै बेपत्ता देवर–भाउजु बेलुकासम्म घर नफर्किएपछि आफन्तले खोजी गर्ने क्रममा शुक्रबार बिहान साढे ११ बजे घरदेखि करिब ७०० मिटर टाढा रुखको एउटै हाँगामा डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा फेला पारेका थिए।

घटनाबारे प्रहरी चौकी साक्फाराबाट जानकारी पाएपछि इलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी निरीक्षक राजकुमार साह तेलीको नेतृत्वको टोली घटनास्थल पुगेको छ। दुवैजनाको शवलाई पोष्टमार्टमको लागि पाँचथरको रवी लगिएको छ। घटनाको प्रकृति हेर्दा शंकास्पद देखिएको प्रहरी निरीक्षक तेलीले बताउनुभयो। थप विवरण पोष्टमार्टमको रिपोर्ट आएपछि थाहा हुने तेलीले बताए।

सम्बन्धित खवर