गण्डकीमा थपिए ५८ संक्रमित, ४३८ पुग्याे

गण्डकीमा थपिए ५८ संक्रमित, ४३८ पुग्याे

कास्की : गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ सय ३८ पुगेको छ | शनिबार बिहान प्रदेशका ७ जिल्लाका ५८ जनामा संक्रमण पुष्टि भएकाे छ ।

सबैजना सम्बन्धित पालिकाको क्वारेन्टाइनमा रहेकाे र सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।

बिहानकाे विवरण अनुसार तनहुँमा २५, नवलपुरमा १६, गाेरखामा ५, म्याग्दीमा १, कास्कीमा २ र स्याङ्जामा १ जनामा संक्रमण पुष्टि भएकाे छ ।

सम्बन्धित खवर