पानीको निकास नभएपछि विराटनगर जलमग्न

पानीको निकास नभएपछि विराटनगर जलमग्न

नरेश कुमार लाभ, विराटनगर

पानीको निकास नभएपछि विराटनगर जलमग्न हुनेगरेको छ । विराटनगर महानगरको वडा नं. १३, १५ र १६ को रानी मिल्स एरिया मंगलबार पुरै जलमग्न भएको हो ।

भर्खरै पिच हुदैगरेको सडकाको नाला सानो भएपछि निकास जान नपाउदा सामान्य पानी पर्दा पनि जलमग्न हुनेगरेको छ । वडाले पनि वास्ता नगरेको स्थानीय पप्पु शाहले बताए । ‘‘वाडलाई कुरा राख्यो ठेकेदारलाई देखाउछ ठेकेदारलाई भन्यो काम गर्दै छु मात्रै भन्छ’’ शाहले भने ‘‘अब घर नै डुवाउला भन्ने चिन्ता भयो ।’’

सडक निर्माणमा समेत चरम लाहपर्वाही गरेको अर्का स्थानीय शिव मण्डलले बताएका छन् । पिच गरेको ५ दिन नवित्दै सबै पिच भत्किन थालेको मण्डलले बताए । भूमि मन्ट्रक्सनले करिब ५ दिन अगाडी गरेको पिच ठाउँ ठाउँमा भत्किन थालेको छ ।

सडक निर्माण कार्य चलिरहेकाले पानी पर्नासाथ ढुवान भएको वडा नं. १३ का अध्यक्ष झरीलाल महतोले बताए । ठेकेदार कम्पनीले नै पानीको निकासको व्यवस्थापन गर्नुपर्ने महतोको भनाइ छ । यता वडा नं. १६ का अध्यक्ष मनोज शुब्बाले आफुहरुले पनि पानीको निकास कसरी गर्ने भनेरर योजना बनाइरहेको बताएका छन् ।

जथाभावी सडक निर्माण त्यसमा पनि पानीको निकासका लागि आवश्यक तयारी नगर्दा टोलहरु ढुवानमा पर्न थालेका छन् । पानी जमेर बाहिर निस्कन नसक्ने अवस्था भएपछि एकले अर्कालाई कामको हानाथाप गर्दै पन्छिन थालेको स्थानीयहरुले आरोप लगाएका छन् ।

सम्बन्धित खवर