गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या २०४

गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या २०४

कास्की : गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य नर्देशनालय पोखराका अनुसार  तनहुँमा ५ सङ्क्रमित फेला परेका छन् ।

तनहुँ जिल्लाको घिरिंङ गाउँपालिका स्थायी ठेगाना भई सोहि गाउँपालिकाको क्वारेन्टाइनमा रहनुभएका बर्ष ४५, २२, २७, २७, र ४६ का ५ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । वहाँहरुलाई तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिकामा रहेको जी.पी. कोइराला श्वासप्रश्वास केन्द्रको आईसोलेसन कक्षमा ल्याईएको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २०४ पुगेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

सम्बन्धित खवर