समाजसेवामा निरन्तर लागिरहने राजेन्द्र ढकाल

समाजसेवामा निरन्तर लागिरहने राजेन्द्र ढकाल

पथरी, न उहाँ चिकित्सक, न प्रहरी । उहाँ जनप्रतिनिधि पनि होइन । सञ्चारकर्म पनि उहाँको पेशा होइन । तर, पनि सुन्दरहरैंचाको बिराटचौकका युवा राजेन्द्र ढकाल यति बेला अग्रपंक्तिमा रहेर कोरोना नियन्त्रण र सचेतना अभियानमा सक्रिय हुनुहुन्छ ।

ढकालको टिम कहिले विपन्न बस्तीमा सचेतना फैलाइरहेको हुन्छ भने कहिले अग्रभागमा रहेर कोरोनासँग जुधिरहेका प्रहरी र सञ्चारकर्मीसँग हुन्छ । विश्वभर कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिरहेको बेला सार्वजनिक हैषियतका अधिकांस मानिस ज्यान जोगाउन घरबाट बाहिर निस्केका छैनन् । जो बाध्य भएर जोखिमको सामना गरिरहेका छन् । तिनीहरूको सुरक्षाका लागि ढकाल अहोरात्र खटिरहनु भएको छ । शनिवार ढकालले इलाका प्रहरी कार्यालय बेलबारी परिसरमा आधुनिक प्रविधिको हात धुने पानीटंकी राखिदिनु भएको छ । सर्व साधरणको चाप हुने प्रहरी कार्यालयमा प्रवेश गर्नु पूर्व हात धुनका लागि पानी र सावुनको ब्यवस्था मिलाएको ढकालको भनाई छ ।

ढकालको टिमले यस अघि पनि जिल्ला प्रहरी कार्यालय मोरङ,प्रदेश प्रहरी कार्यालय विराटनगर, इलाका प्रहरी कार्यालय पथरी, बेलबारी र हरैचामा माक्स, सेनिटाइजर,ग्लोव लगायतका सामग्री प्रदान गर्नु भएको थियो । यस्तै प्रहरी चौकी कानेपोखरी,रमाइलो, गछिया र विराटचौकमा समेत उहाँ लगायतको युवा समूहले हेड कभर, माक्स, ग्लोव र सेनिटाइजर प्रदान गरेको थियो । यस्तै ससस्त्र प्रहरीका क्याम्पमा पनि उहाँहरूले स्वास्थ्य सामग्री प्रदान गर्नु भएको छ । प्रहरी सबैभन्दा अग्रभागमा रहेर काम गरिरहेका छन् । त्यसैले प्रहरीलाई स्वास्थ्य सामग्री वितरण गरेका हौं – ढकालले भन्नुभयो । ढकालको युवा समूहमा खोर्साने सामूदायिक विकास केन्द्रका अध्यक्ष कृष्ण घिमिरे, युवा समाजसेवी अर्जुन गजुरेल, समाजसेवी समीर बस्नेत, प्रजातन्त्रवादी प्राध्यापक संघ, सुकुना बहुमुखी क्याम्पसका अध्यक्ष रमेश खतिवडा, समाजसेवीहरू खेम दाहाल, समीर बस्नेत, देव श्रेष्ठ लगायत हुनुहुन्छ ।

स्वास्थ्य सामग्री युवा उद्योगी भोलेश्वर दुलाल, कन्जनजंघा इन्डष्ट्रिजका शारदा ढकाल, कृष्ण रिजाल र युवा ब्यवसायी उज्वल थापाले उपलब्ध गराउनु भएको हो । नेपाली काङ्ग्रेस मोरङ जिल्ला सदस्य समेत रहनु भएका ढकाल पछिल्लो समय सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय हुनुहुन्छ ।

इनेपालपत्रबाट

सम्बन्धित खवर