पेट्रोल छर्केर शरीरमा आगो लगाउने अस्पतालका कर्मचारीको मृत्यु

पेट्रोल छर्केर शरीरमा आगो लगाउने अस्पतालका कर्मचारीको मृत्यु

काठमाडौं : सोमबार बिहान आफ्नै शरीरमा आगो लगाएका बयलपाटा अस्पतालका कर्मचारीको मृत्यु भएको छ । अस्पताल परिसरमै आफ्नो जीउमा आगो लगाएका २७ बर्षका सिद्धार्थ आउजीको उपचारका क्रममा नेपालगन्जमा दिउँसो ३ बजेतिर मृत्यु भएको हो । एक वर्षअघिदेखि न्याय हेल्थ नेपालमा काम गर्दै आएका आउजीले सोमबार अस्पताल परिसरभित्रै पेट्रोल छर्केर आगो लगाएका हुन् । आगोले अनुहारसहित शरीरका विभिन्न भाग जलेर गम्भीर अवस्थामा रहेका आउजीलाई उपचारका लागि सिम्रिक एयरको हेलिकोप्टरमार्फत कोहलपुर मेडिकल कलेज लगिएको थियो ।

आउजीले जागिरबाट निकालिएकै कारण शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको हुनसक्ने आशंका गरिएको छ । गत १२ जेठमा अस्पतालले उनीसहित अन्य ३२ जना कर्मचारीलाई सेवाबाट हटाएको थियो । अस्पतालले जागिरबाट निकालेको अवकाश पत्र थमाए पनि उनले हस्ताक्षर गरेका थिएनन् । आउजीको परिवारमा श्रीमतीसहित एक छोरा र छोरी छन् ।

सम्बन्धित खवर