गण्डकीमा थपिए १७ संक्रमित, संक्रमितको संख्या ७५ पुग्यो

गण्डकीमा थपिए १७ संक्रमित, संक्रमितको संख्या ७५ पुग्यो

पोखरा :  पोखराका र कास्की जिल्लाका  ३ जना सहित   गण्डकी प्रदेशमा थप १७  जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार  बिहान  पोखराका १ जना सहित कास्की  जिल्लाका थप २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी जनाएको छ ।

पोखरा महानगर पालिकाका ५९ बर्षीय १ पुरुष, रुपा गाउँपालिकाका २३ र ३२ बर्षीय २ पुरुष, स्याङ्गजाको वालिङ् ८ पुरुष तथा हरिनाशका २ पुरुष , बागलुङको ताराखोलाका १ पुरुष र नवलपरासीको विनय त्रिवेणी गाउँपालिकाका ३ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले उल्लेख गरेका छन् ।

संक्रमितहरुलाई अहिले सम्बन्धित  जिल्लाको अस्पतालमा रहेको आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।

यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ । प्रदेशमा संक्रमण देखिने जिल्लाको संख्या ९ रहेको छ ।

गण्डकी प्रदेशमा हालसम्म बागलुङमा १६ जना पुरुष तथा ३ महिला , स्याङ्जाका २२ जना पुरुष तथा १ महिला, नवलपरासी बर्दघाट सुस्ता पूर्वकका १२ जना पुरुष तथा १ महिला, लमजुङका १ जना, म्याग्दीका २ जना पुरुष र तनहुँका ३ जना पुरुष, गोरखाका १ जना पुरुष  तथा कास्कीका ४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित मध्ये बागलुङका २ जना महिला तथा लमजुङका १ बालक निको भई घर फर्किसकेका छन् ।

सम्बन्धित खवर