रौतहटका दुई नगरपालिकामा निषेधाज्ञा जारी गर्न जिप्रकाको निर्देशन

रौतहटका दुई नगरपालिकामा निषेधाज्ञा जारी गर्न जिप्रकाको निर्देशन

 

विवेक शर्मा, रौतहट  : रौतहटमा कोरोना संक्रमितको सङ्ख्या बढेसँगै जिल्ला प्रशासन कार्यालयले दुई नगरपालिकामा निषेधाज्ञा जारी गरेको छ ।

कोरोना भाइरस (कोभिड १९) को संक्रमितको संख्या बढ्दै गएपछि ईशनाथ तथा राजपुर नगरपालिकामा प्रशासनले निषेधाज्ञा जारी गरेको हो । उत्त क्षेत्रका संक्रमित नागरिकहरु सबै भारतबाट भारतबाट आएका हुन् ।

नगरपालिकाको क्वारेनटाइनमा धेरै चाप भएको र स्थानीय व्यक्तिहरु पनि क्वारेनटाइन आसपासका क्षेत्रमा आवतजावत गर्न सक्ने सम्भवना भएकाले निषेधाज्ञा जारी गरिएको प्रशासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

क्वारेनटाइन आसपासका गतिविधिका कारण व्यवस्थापनमा समस्या देखिएको हुनाले दुवै नगरपालिकामा अन्यत्र ठाँउहरुबाट आउन नपाउने गरी सिल गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । नगर भित्र अत्यावश्यक सवारी साधन र अत्यावश्यक काम वाहेक अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताउनुभयो ।

जिल्ला सुरक्षा समितिको मंगलबार बसेको बैठकको निर्णयनुसार जेठ १३ गते राति १२ बजे देखि अर्को निर्णय नआउन्जेलसम्मका लागि निषेधाज्ञा गरीएको पनि प्रमुख अधिकारी घिमिरेले जानकारी दिनुभयो ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम निषेधाज्ञा जारी गरीएको सूचनामा उल्लेख छ । जारी निषेधाज्ञाको उल्लंघन गरेमा कानुन अनुसार कारवाही हुने पनि जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

सम्बन्धित खवर