सहज वातावरणमा काम गर्न माग गर्दै टिपर व्यावसायी

सहज वातावरणमा काम गर्न माग गर्दै टिपर व्यावसायी

उर्लाबारी, टिपर ब्यवसायीहरुले असुरक्षित बनेको भन्दै काम गर्ने वातावरण तयार गरिदिन सम्बन्धित निकायलाई अपिल गरेका छन् ।

आज उर्लाबारीमा पत्रकार सम्मेलन गरी सरकारको नीति नियम पालना टिपर सञ्चालन गरिरहँदासमेत विभिन्न बहानामा अवरोध सिर्जना भएको भन्दै तत्काल सहज वातावरणमा काम गर्ने वातावरण बनाइदिन अपिल गरेको हो । तीन दिनभित्र सहज वातावरणमा काम गर्ने वातावरण तयार नभए सम्पूर्ण निर्माण सामाग्री ढुवानी ठप्प पार्ने टिपर ब्यवसायी समन्वय समितिका संयोजक गोविन्द भट्टराईले चेतावनी दिनुभयो । उहाँले सरकारले तोकेको समयमा टिपर सञ्चालन गर्न तयार गरेको उल्लेख गर्दै कुनै पनि वहानामा सडक अवरोध नगर्दिन सबै पक्षलाई अनुरोध गर्नुभएको छ ।

टिपर ब्यवसाय चौपट पार्न केही ब्यक्ति वा समुह लागेको उहाँको आरोप छ । इलाका प्रशासन कार्यालय उर्लाबारी, इलाका प्रहरी कार्यालय उर्लाबारी, उर्लाबारी नगरपालिका लगायतलाई टिपरलाई सहज वातावरणमा काम गर्ने वातावरण मिलाइदिन टिपर ब्यवसायी संघ उर्लाबारीका अध्यक्ष बबी निरौलाले आग्रह गर्नुभएको छ । उर्लाबारीमा ४० भन्दा बढी टिपर ब्यवसायी रहेको र करोडौं रुपैयाँ लगानी असुरक्षित बनेकाले सम्बन्धित निकायले चासो दिनु पर्ने उहाँको माग छ । कोरोना भाइरसबाट बच्न/बचाउन टिपर ब्यवसायीहरु सचेत रहेको र सरकारको नीति नियमलाई पूर्ण रुपमा पालना गरेको उहाँले दाबी गर्नुभयो ।

टिपर आंतकका नाममा अनावश्यक रुपमा सडक अवरोध गरी टिपरमाथी आक्रमण गर्ने तथा चालकमाथी धाकधम्की दिने काम भइरहेको भन्दै सुरक्षाको प्रत्याभूति दिलाउनसमेत प्रहरी प्रशासनलाई टिपर ब्यवसायी योगराज लाबुङले माग गर्नुभएको छ । आजकै भेलाले बबी निरौलाको संयोजकत्वमा उर्लाबारी टिपर ब्यवसायी सघं र गोविन्द भट्टराईको संयोजकत्वमा समन्वय समिति गठन भएको छ । टिपर ब्यवसायी समितिको उपाध्यक्षमा योगराज लाबुङ, सचिबमा रकम श्रेष्ठ र कोषाध्यक्षमा दिपेन खड्का रहनु भएको छ ।

त्यस्तै, सदस्यमा मिलन श्रेष्ठ, सुदन वदेवा, सुविन श्रेष्ठ, मिलन निरौला, उमेश धिमाल, अर्जुन श्रेष्ठ र रमेश गौतम रहनु भएको छ । केही दिन अगाडि टिपर आंतक भएको भन्दै उर्लाबारी–मधुमल्लामा सडक अवरुद्ध गरेपछि टिपर ब्यवसायी संगठित बनेका हुन् ।

सम्बन्धित खवर