विवेक शर्मा, रौतहट
नेपाल पत्रकार महासंघ रौतहट शाखाले सदस्य तथा सक्रिय संचारकर्मीका लागि कोरोना बीमा गराएको छ । माधव नारायण नगरपालिकाको आर्थिक सहयोगमा रौतहटका ८५ संचारकर्मीका लागि कुल ८५ लाखको बीमा गराएको हो।
माधवनारायण नगरपालिकाका मेयर विरेन्द्र राय यादवले बीमाको लागि लाग्ने शुल्क बराबरको चेक पत्रकार महासंघ रौतहटका सचिव गौतम श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको छ । मेयर यादवले नेपाल पत्रकार महासंघको अनुरोधमा संचारकर्मीहरुको लागि सहयोग गर्न पाएकोमा खुशी व्यतm गर्नुभयो । प
छिल्लो समय रौतहटमा संक्रमितको सँख्या बढ्न थालेपछि रौतहटमा जोखिम बढेकाले सुरक्षित रहेर आफ्नो जिम्मेवारी निर्वाह गर्न समेत यादवले सुझाव दिनुभयो । नेपाल पत्रकार महासंघसँग आवद्ध नभएका तर जिल्लामा सक्रिय पत्रकारिता गरिरहेकाहरुलाई पनि बीमा कार्यक्रममा समेटेको महासंघ रौतहट शाखाका सचिव गौतम श्रेष्ठले बताउनुभयो । प्रति व्यक्ति ६ सयका दरले बीमा शुल्क कुल ५१ हजार माधवनारायण नगरपालिकाले सहयोग गरेको उहाले बताउनुभयो ।
बीमित संचारकर्मी कोरोना संक्रमीत भएको खण्डमा सगरमाथा इन्स्योरेन्स कम्पनीले १ लाख रुपैया प्रदान गर्नेछ ।