नेपालमा एकैदिन थपिए ५३ जना कोरोना संक्रमित, संक्रमितको संख्या ३५७ पुग्यो

नेपालमा एकैदिन थपिए ५३ जना कोरोना संक्रमित, संक्रमितको संख्या ३५७ पुग्यो

नेपालमा आज एकैदिन ५३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको अध्यावधिक विवरण अनुसार थप ५३ जनामा कोरोना पुष्टि भएको हो ।

यो संगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३५७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालगञ्जमा गरिएको प्रयोगशाला परीक्षणका क्रममा बाँकेमा ४७ जना र अन्य जिल्लामा ६ जना गरी ५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। यो सहित नेपालमा संक्रमितको संख्या ३५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

उनका अनुसार बाँकेमा ४६ जना पुरुष र १ जना महिलामा संक्रमण देखिएको छ। त्यस्तै गुल्मी, मोरङ, धनुषा, रौतहट, दाङ र धादिङमा १/१ जना गरि ६ जनामा कोरोना संक्रमण देखिएको हो । नेपालमा कोरोना भाइरसका कारण हालसम्म २ जनाको मृत्यु भएको छ भने ३६ जना उपचारपछि निको भएका छन्।

सम्बन्धित खवर