शोकमा डुवेका दलितलाई किरियापुत्री भवनमा बस्न खोज्दा विभेद र धम्की

शोकमा डुवेका दलितलाई किरियापुत्री भवनमा बस्न खोज्दा विभेद र धम्की

पाेखरा :  सार्वजनिक जग्गामा वनेको किरियापुत्री भवन प्रयोगका लागि चावि माग्दा पोखरा १६ बाटुलेचौरका मोहन सुनारले जातिय विभेद खेप्नुपरेको छ भने किरिया कर्म नसक्दै धम्की समेत खेप्नु परेको छ ।

पोखरा–१६ बाटुलेचौरका सम्मर बहादुर सुनारको बैदेशीक रोजगारको शिलशिलामा दुबईमा मृत्यू भएपछि देशमा जारी लकडाउनका कारण शवसमेत नेपाल ल्याउन नसकिएका कारण उतै अन्त्येष्टि गरिएको थियो ।

अन्त्येष्टिपछि किरिया कर्म गर्नको लागि मृतकका दाजु मोहन सुनार किरियापुत्री भवनको चाबि माग्न पुगेको थिए । भवन वनाउन अगुवा भूमिका खेलेका व्यक्ति र स्थानीय जनप्रतिनिधिले स्थानीय क्षेत्री समाजको अगुवाईमा वनेको भवनमा वस्न मोहनले चावी माग्दा समाजका केहि व्यक्तिवाट दलितलाई दिन हुदैन भनेर विरोध आएको वताए ।

स्थानिय देव बहादुर थापा र जनक थापाले तिमिहरुले पाउँदैनौ, तिमिहरुले बनाएको घर हो र, यो त क्षेत्रीहरुले बनाएको होे, अर्को घर बनाएर बस भनेपछि घटना संचार माध्यम मार्फत सार्वजनिक भएको र तयसपछि उनलाई आक्रमणको धम्की आएको वताए । उनीहरुले जलाईदिनें, उक्त ठाउँबाट लखेटिने जस्ता धम्कीहरु समेत दिएको सुनारले बताए ।

संचार माध्यममा मेरो नाम किन भनिस भन्दै मलाई घरमै आएर जनक थापाले मान्छेको जमात ल्याएर आगजनी गर्ने धम्कि दिए, स्थानीय दलित अगुवा र स्वास्थ्यकर्मी समेत रहेका मोहनले भने । घरमै आएर आक्रमणको धम्की दिएपछि शान्ति सुरक्षाको लागि वडा प्रहरी कार्यालय वगरमा र छुवाछुत र जातिय विभेदका विरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएको वताए ।

किरियापुत्री भवन निर्माण समितिका अध्यक्ष रामवहादुर जिसीले भने नहुनु पर्ने दुःखद् घटना भएकोले निर्माण समितिको अध्यक्षको हैसियतले म माफि चाहन्छु । आगामी दिनमा सार्वजनिक ठाउँमा वनेको भवन सवैले समान ढंगले प्रयोग गर्न पाउनका लागि आफ्नो ठाउँवाट सक्दो पहल गर्छु ।’

उनले डाडाथोक क्षत्री समाजको अगुवाईमा करिव २५ लाख रुपयाँमा वनेको किरियापुत्री भवनमा वडा कार्यालय, महानगरपालिका र प्रदेश सांसद कृष्ण थापाले समेत सहयोग गरेका जानकारी दिए ।

पोखरा महानगरपालिका वडा नं-१६ का वडा सदस्य मेहरमान थापाले मोहन सुनारले किरियापुत्री भवनको चावी नपाएको गुनासो गरेपछि छलफल गर्न जुटेको भेलामा दलितलाई प्रयोग गर्न दिन नहुने भनेर केहिले अवरोध गरेका वताए ।

ठुलो चोट र अपमान महशुस भएको छः छोरा मनोज सुनार

बाबुको असामयिक निधनका कारण शोकमा डुवेको वेला सहयोगको आशा वोकेर पुग्दा उल्टै दलित जातिलाई दिन मिल्दैन भन्दै अपमान र हातपात भएपछि घाउमा नुनचूक दलेजस्तै पीडा भएको मोहनले दुःखेसो पोखे ।

दलितलाई दिन मिल्दैन भनेर अपमान मात्रै गरेनन, हातै हाल्न पनि आईलागे,’ पीडित मोहन सुनारले भने सार्वजनिक ठाउँमा राज्यको सहयोगमा बनेको भवन एउटा जातिको मात्रै हो, दलितले मिल्दैन भन्दै शोकमा वसेको मान्छेलाई हातै हाल्न आउनु खोज्नु कतिसम्म अन्याय हो ।

आफुलाई काखमा राखेर हुर्काएको वुवालाई अन्तिम विदाई समेत गर्न नपाउँदाको पीडाले छट्पटिएका मनोज दलित भएकै कारण किरियापुत्री भवन प्रयोग गर्न नदिएर ठुलो चोट र अपमान महशुस गरेको वताए ।

हातपात र आक्रमण भएको छैनः जनक

किरियापुत्री भवन प्रयोग गर्न नदिने पक्षमा खडा भएका भनिएका वाटुलेचौरका जनक थापाले आफुले जातिय विभेद र हातपात नगरेको वताएका छन । सामाजिक संजाल र संचारमाध्यममा आफ्नो नाम जोडेर आएपछि रिस उठेर किन यस्तो गरेको भनेर मोहनको घर सोध्न गएपनि आक्रमणको धम्की नदिएको वताए । वैदेशिक रोजगारको क्रममा जापान बसेर हालै स्वदेश फर्किएका जनकले भने मिडियामा मेरो चरित्र हत्या हुने गरी नाम जोडेर आएपछि रिस उठ्यो र किन त्यस्तो भएको हो भनेर कुरा गर्न जाँदा फेरि त्यहाँ पनि चर्काचर्की भएको हो ।

जुन जातिकोले किरियापुत्री भवन वनाएको छ, त्यो जातिकोले मात्रै वस्न पाउनुपर्ने र अरुले त्यसमा वस्न नपाउने उनले वताएका थिए । एक जातिले वनाएको किरियापुत्री भवनमा अर्को जातिकोले प्रयोग गर्न खोजेमा आपसी सद्भाव खल्वलिने उनको तर्क थियो ।

भवनमा सवैको समान हक हुन्छः वडाध्यक्ष आचार्य

पोखरा महानगरपालिका १६ का वडाध्यक्ष जीवनराज आचार्यले सार्वजनिक जग्गामा वनेका सवै भवन वडाको सम्पति भएकोले त्यसमा सवैको समान हक, अधिकार भएको वताए । उनले सार्वजनिक सम्पति कुनै एकल जात जाति र समुदायको नहुने भन्दै कसैले समान उपयोग गर्ने अधिकारवाट बन्चित गरेमा त्यो कानुन विपरित हुने वताए ।

सार्वजनिक जग्गामा वनेको भवनमा कसैको धेरै त कसैको थोरै लगानी परेको हुनसक्छ । तर राज्यको समेत लगानी रहेको भवनमा वढि लगानी गरे भनेर एउटा जातजाति, समुदाय र संघसंस्थाले मात्रै प्रयोग गर्न खोज्ने र अरुलाई समान उपभोगको अधिकारवाट वन्चित गर्न पाइदैन,’ वडाध्यक्ष आचार्यले भने जहाँसम्म मोहन सुनारलाई सार्वजनिक जग्गामा वनेको किरियापुत्री भवनको चावी माग्दा नदिएर उपभोग गर्ने अधिकारवाट वन्चित गरिएको छ, त्यो संविधान, ऐन, कानुन र मानवता विरोधी छ, त्यसको हामी विरोध गर्दै आगामी दिनमा सवैलाई समानढंगले प्रयोग गर्न पाउने व्यवस्था गर्नेछौ ।

प्रहरीको र्दुव्यबहार

जाहेरी परेको पाँच दिनसम्म प्रहरीले आरोपिहरुलाई छानवीनको दायरामा नल्याएपछि कार्वाहीको वारे चासो राख्न पुगेका पीडित र दलित प्रतिनिधिहरुलाई मंगलवार कास्की प्रहरीले हप्कीदप्की गरेको छ ।

पीडित मोहन सुनारलाई प्रहरी कहाँ हुल वाँधेर ल्याएको भन्दै काम कार्वाही नहुने धम्की अनुसन्धान अधिकृतले दिएका छन । जिल्ला प्रहरी कार्यालय कास्कीको गेट नजिकै फरक फरक दूरीमा जम्मा भएका पीडित र दलित प्रतिनिधिलाई प्रहरी नायव उपरीक्षक राजकुमार केसीले घाँटीमा कार्ड झुण्डाएर कामै नपाएर हिडेका भनेर अपमानजनक शव्द प्रयोग गरेका थिए ।

दलित जनप्रतिनिधिले राखेको जिज्ञासाप्रति आक्रोशित हुँदै अनुसन्धानमा दख्खल दिन खोजेको भन्दै कार्वाही नहुने धम्की दिएका थिए । अर्का प्रहरी निरीक्षक दीपक केसीले दलित महिला जनप्रतिनिधिहरुलाई उता हट उता हट भन्दै धम्काएका थिए । शान्तिपूर्ण ढंगले हुल हुज्जत नगरिकन घटना वारे चासो राख्न पुग्दा प्रहरी आक्रामक र अभद्र शैलीमा प्रस्तुत भएपछि पीडित पक्ष र दलित जनप्रतिनिधिले आपत्ति जनाएका थिए ।

दलित अगुवा भिमवहादुर विकले लकडाउनको वेला भएकोले वढि भीड नगरी केहि संस्थाको प्रतिनिधित्व हुने गरी प्रहरी कार्यालयमा पुगेका प्रतिनिधिहरुलाई प्रहरीले अशिष्ट, आक्रामक व्यवहार गरेको वताए र्। लकडाउनको पालन गर्दै हामीले सकेसम्म कम प्रतिनिधिसहित प्रहरी कार्यालयको गेट वाहिर पुगेका थियौं,’ विकले भने तर हामीलाई देख्ने वित्तिकै रिसाएर, झर्केर, धम्काउने र तर्साउने शैलीमा प्रस्तुत हुनु र पीडितलाई काम कार्वाही अघि वढ्दैन भनेर धम्की दिनुले प्रहरीप्रति नागरिकले हेर्ने छवि धमिलो वनाएको छ ।

जातिय विभेदको घटना वारे चासो राख्न पुगेका दलित प्रतिनिधिहरुमाथि प्रहरीले अस्वभाविक, हप्की, दप्की गर्ने शैलीमा प्रस्तुत भएको घटनाको समाचार संकलन गर्न पुगेका पत्रकारमाथि समेत प्रहरीले दुव्र्यवहार गरेको छ । पोखराको आवर अल न्यूज डट कम र आवर टीभीका प्रधान सम्पादक प्रेम नेपालीले घटनाको दृश्य कैद गर्न क्यामरा निकालेर अन गर्ने वित्तिकै प्रहरीले ठाडै हस्तक्षेप गरी क्यामरा खोस्ने प्रयास गरेको थियो ।

जातिय विभेदवाट पीडित मोहन सुनारसँग अभद्र शैलीमा प्रस्तुत हुँदै गरेका प्रहरी निरीक्षक नरहरी अधिकारीले पत्रकारको प्रेस लेखिएको ज्याकेट र छातिमा स्पष्टसँग पत्रकारको परिचय पत्र देख्दा देख्दै किन खिचेको भन्दै क्यामरा खोस्न आई लागेका थिए ।

पत्रकारमाथि भएको दुव्यबहारको दुव्र्यवहारप्रति ध्यानाकर्षण भएको वताउँदै पत्रकारलाई फोटो नखिच्न भन्दै क्यामेरा खोस्ने र दुव्र्यवहार गर्ने कुरा प्रेस स्वतन्त्रता विरोधी भएको जनाउँदै राष्ट्रिय दलित पत्रकार संघ, गण्डकी र राष्ट्रिय दलित पत्रकार संघ कास्कीले घोर भत्र्सना र खेद प्रकट गरेको छ ।

दलित पत्रकार संघ, गण्डकी र कास्कीका अध्यक्ष रेम विश्वकर्मा र रामशरण नेपालीद्धारा जारी विज्ञप्तीमा जातिय विभेद विरुद्धको घटनालाई दबाउन खोज्नु र उल्टै सो विभेदको घटनाको बारेमा समाचार संकलन गर्न गएका पत्रकारलाई प्रहरीले दमन गर्नु अति निकृष्ट काम भएको उल्लेख गरिएको छ ।

विज्ञप्तीमा कोरोनाको महामारीको बेलामा पनि अग्रपंक्तिमा रहेर समाचार संकलनमा सक्रिय रहेका पत्रकारलाई प्रहरीले दुव्र्यवहार गर्नुले गलत सन्देश प्रवाह भएको वताउँदै आगामी दिनमा यस्ता दुव्र्यवहारको घटना पुन दोहोरिन नदिन र पत्रकारको भौतिक सुरक्षा प्रति संवेदनशील बन्न प्रहरी प्रशासन सहित सम्पूर्ण सरोकारवालाहरुमा हार्दिक अपील समेत गरिएको छ ।

घटनाप्रति दलित संघसंस्थाको विरोध, दोषिमाथि कार्वाहीको माग

घटनाका विषयमा दलित हक, हितसँग सरोकार राख्ने संघसंस्थाहरुले विरोध जनाएका छन । दलित समुदायका विभिन्न समाज र संस्थाहरुले बुधवार संयुक्त विज्ञप्ति प्रकाशित गरी जातिय विभेद गर्दै सार्वजनिक सम्पतिको उपयोगबाट बन्चित गरिएकोमा घटनामा संलग्न दोषिमाथि कडा कार्वाहीको माग गरेका छन ।

जातिय विभेदको घटना वारे स्थानीय राजनीतिक पार्टी, स्थानीय निकाय, सभासद्, जनप्रतिनिधि, अधिकारकर्मीहरुलाई जानकारी दिलाएपनि पीडितलाई न्याय दिलाउन गम्भिर चासो नदिएको विज्ञप्तिमा जनाईएको छ ।

सम्बन्धित खवर