कामना सेवाले ग¥यो नगरको राहत कोषमा ५५० केजी चामल सहयोग

कामना सेवाले ग¥यो नगरको राहत कोषमा ५५० केजी चामल सहयोग

पथरी, कामना सेवा विकास बैंकले ५ सय ५० केजी चामल सहयोग गरेको छ । शुक्रबार मोरङको पथरी शनिश्चरे नगरपालिकाको राहत कोषमा बैंकले सहयोग गरेको हो ।

पथरी शाखाका शाखा प्रमुख बिरेन्द्र भण्डारीले नगरको राहत व्यवस्थापन तथा वितरण समितिलाई राहतको २२ बोरा चामल हस्तान्तरण गर्नुभयो । समितिका तर्फबाट संयोजक यमुना विष्ट, सदस्य दिपक बस्नेत, यादवचन्द्र दुलाल लगाएतले राहत बुझ्नु भएको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत राहत कोषमा सहयोग गरेको प्रमुख भण्डारी बताउनुभयो ।

पथरी शनिश्चरे नगर भित्र १३ वटा बैंक रहेका छन् । बैंकिङ क्षेत्रबाट नगरको राहत कोषमा सहयोग गर्ने कामना सेवा पहिलो बैंक हो । अन्य समयमा पनि कामना सेवाले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

सम्बन्धित खवर