आफ्नै खर्चमा निःशुल्क खाना खुवाउदै प्रदेश सांसद

आफ्नै खर्चमा निःशुल्क खाना खुवाउदै प्रदेश सांसद

राजेन्द्र महतो, लहान

आफ्नो ब्यक्तिगत आर्थिक खर्च गरेर प्रदेश २ का प्रदेश सभासद तथा सिरहाको सुखीपुर नगरपालिका ८ का मदन सेन प्रसाद श्रीवास्तवले आफ्नै खर्चमा निःशुल्क खाना खुवाइरहेका छन् । गरीव विपन्न नागरिक तथा वटोहीहरुलाई आज देखि एक हप्ता सम्मको लागि निःशुल्क खाना खुवाउने व्यवस्था गरेका हुन् ।

राम जानकी मन्दिर सुखीपुरको प्राङ्गणमा बिहान र साँझ निःशुल्क खाना खुवाउने व्यवस्था गरिएको हो । विश्वमा नै महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि सरकारले लकडाउनको घोषणा गरेपछि मजदुरहरु प्रत्यक्ष मारमा परेका छन् । मारमा परेका गरीब, विपन्न तथा ज्यालादारी नागरिकहरुको अवस्थालाई मध्यनजर गर्दै विहान ९ बजे देखि १ बजे सम्म, साझ ६ बजे देखि ७ः३० बजे सम्म खाना खुवाउने प्रदेश सांसद श्रीवास्तवले बताएका छ्न्।

श्रीवास्तवले सिरहा जिल्लाको निर्वाचन क्षेत्र नं. २ (ख) बाट प्रदेश सभामा निर्वाचित भएका हुन् । हुन त यस प्रकारको कार्य सामुहिक सहयोगमा धेरै ठाउँमा हुने गरेको छ तर ब्यक्तिगत आफ्नै सहयोगमा गर्ने श्रीवास्तव पहिलो सांसद हुन् ।

सम्बन्धित खवर