हलक्क बढेको मकैको घोगा मात्रै ठुलो भयो, दाना लागेन

हलक्क बढेको मकैको घोगा मात्रै ठुलो भयो, दाना लागेन

भिमराज अधिकारी, पथरी

साढेँ ४ विगाहमा लगाएको मकैमा १० कट्ठामा घोगा मात्रै ठुलो भयो तर दाना लागेन । अरुको खेती ठेक्कामा लिएर लगाएको कमाइ बिग्रिएपछि ऋणमा डुबिने चिन्ता बढेको पथरी शनिश्चरे ६ का रमेश कविरथले बताए ।

आफुले लिजमा लिएको खेतिको जग्गा ६ विगाह मध्ये ४ विगाह १० कट्ठामा लगाएको मकैको बोट हलक्कै आएको थियो । मंसिरमा लगाएको कमैले राम्रै आम्दानी देला भनेर समयमा नै पानी र मलजल गरेका कविरथले अहिले दाना नलागेपछि निरास भएका हुन् । पथरी शनिश्चरे ५ हिकमत टोलमा मोहन थापाको जग्गामा लिजमा लिएर खेति गरिरहेको कविरथले बताए । प्रति विगाह ३० मन धान दिने सर्तमा लिएको खेतमा बाली राम्रो नभएपछि घाटा लग्ने कविरथ बताउछन् ।

४ विगाह १० कट्ठामा ३ लाख खर्चेर मकै लगाएको कविरथले बताए । उनले अहिले मकै पोलेर खानका लागि बारीमा पुग्दा घोगा मात्रै ठुलो तर दाना कुनैमा पनि नभएको पाएपछि चिन्तित बनेका छन् । अहिले २ विगाह १० कट्ठामा नै पो दाना नलाग्ने हो की भन्ने चिन्ता पनि थपिएको छ । कविरथले सुनसरीको रामनगर भुटाह–६ को ब्रहम कृषि केन्द्रबाट गत मंसिरमा ६५ किलो उन्नत जातको ११४४, ९०८१ र पाइनर, गरि तीन प्रजातिको हाइब्रिड मकैको बिऊ किनेर रोपेका थिए ।

त्यसमध्ये लगभग २ विघाह १० कठ्ठा जमिनमा ९०८१ प्रजातिको मकै रोपेका हुन् । अहिले सो प्रजतीको १० कठ्ठा क्षेत्रफलमा भएको मकैमा दाना नलागेको भेटिएको छ । एउटै प्रजातिको मकैमा हाल सम्म १० कठ्ठामा दाना नै नभेटिएपछि अन्य क्षेत्रमा पनि दाना नलाग्ने होकी भन्ने ठुलो चिन्ता किसानमा परेको छ ।

उनको सुद्ध आयस्रोत भनेको मकै नै हो तर यसपालि भने मकैमा दाना नलाग्दा ठुलो आथिक क्षेति बेहोर्नु पर्ने देखिन्छ ।
कविरथ भन्छन्–‘बोटमा रहरलाग्दो मकैको घोगा भयो तर, घोगामा एउटा पनि दाना लागेन’ मकै भित्र्याउने बेला हुन लाग्दा समेत दाना नभएपछि अव के गर्ने ?’

९०८१ प्रजातिको मकैको बिऊ ४ केजीको प्याकेटलाई २ हजार २ सयका दरले खरिद गरेका हुन् । यो मकै सामान्य उत्पादन उदा मात्रै पनि ५ सय मन भन्दा बढि हुनुपर्ने कविरथको तर्क छ । अघिल्लो वर्ष १ हजार देखि १२ सय सम्म चलेको मकैको भाउ अहिले पनि प्रतिमन १ हजार हुने आशा छ । कम्तिमा पनि ७ लाख माम्दानी गर्ने सोचं बनाएका कविरथलाई उल्टै घाटा लाग्ने भएको छ ।

कृषि प्राविधिकको परामर्श अनुसार भिटामिन, मल, कीटनाशक औषधीको प्रयोग गर्नुको साथै आवश्यक सिञ्चाइको समेत प्रबन्ध गरिएको किसानहरु बताउँछन् । तर विउm नै राम्रो नपरेपछि हेरचाहले मात्र नहुने अर्का किसान रिजमान महमदले बताए । धानमा फौजि किराले सताएका किसानलाई मकैमा पनि दाना नलागेपछि समस्या भएको हो ।

सम्बन्धित खवर