कोरोना संक्रमितको संख्या ४२ पुग्यो

कोरोना संक्रमितको संख्या ४२ पुग्यो

पछिल्लो अपडेट अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । उदयपुरका थप ८ जनामा पनि कोरोना पोजेटिभ देखिएपछि संक्रमितको संख्या ४२ पुगेको हो ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्याङ्कमा कोरोना संक्रमितको संख्या ४२ पुगेको अपडेट गरिएको छ । केही समय अगाडी ४१ पुगेको कोरोना संक्रमितको संख्या भर्खरै ४२ पुगेको हो । मन्त्रालयको तथ्याङ्क अनुसार हाल सम्म परीक्षण गरिएको ८ हजार ७७४, संक्रमण नदेखिएको ८ हजार ७३१, आइसोलेसनमा रहेको संख्या १०७ जना, संक्रमण देखिएको ४२ जना, निको भएको संख्या ४ जना र मृत्यु हुनेको संख्या शून्य रहेको छ ।

यता प्रदेश सरकारले मंगलबारबाट पुरै जिल्लालाई चारैतिरबाट सील गर्ने निर्णय गरेको छ । उदयपुरबाट अन्य जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि यस्तो निर्णय गरेको हो ।

सम्बन्धित खवर