भीमराज अधिकारी, पथरी
बारीभरी लटरम्म फलेको टमाटर छ । अधिकांश दाना पोकेका छन् । अझै आधाउधी पाक्न बाँकी नै छ । मोरङ पथरी शनिश्चरे वडा नं. ६ पिप्लेका रंजित महतोले पाकेको टमाटरले पनि बजार नपाएपछि मलखाडीमा फालिरहेका छन् ।
लकडाउनका कारण बजार सम्म पु¥याउन नपाएपछि टमाटर बोटमै कुहिने अवस्थामा पुगेको महतोले बताउनुभयो । पथरी बजारलाई पुग्ने टमाटर नगर भित्र नै उत्पादन हुने गरेको छ तर गाडी चलाउन नपाएपछि टमाटर बोटमै कुहिन थालेको महतोले बताउनुभयो । बोटमा पाकेका टमाटर छन् । ट्रेहरुमा पनि टमाटर टिपेर राखिएको छ । टिपेको टमाटर समेत बजार लैजान नसकेपछि मलखाडीमा फाल्नुपरेको महतोले बताउनुभयो । आफुले थाहा पाउदा देखि नै तरकारी खेती गर्दै आएको महतोको १० जनाको परिवार यहि सब्जी खेतीबाट पालिने गरेको छ । वर्षभरीको खेती भनेको नै सब्जी खेती भएको र सो बन्द भएमा भोकमरी लाग्ने महतोले गुनासो गर्नुभयो ।
महतो परिवारले अहिले १ विगाहामा टमाटर खेती गरेको छ । ४ लाख लगानी गरेको टमाटर नबिक्ने भएपछि महतोलाई अहिले ८, ९ लाख घाटा लाग्ने भएको छ । आधा लगानी ऋणमा रहेकाले बजार नपाए मारमा पर्ने महतोले बताउनुभयो । अहिले १२ देखि वढिमा २० रुपैया प्रति केजीमा टमाटर विक्री भइरहेको महतोले बताउनुभयो । कम्तीमा नगरले पथरी बजार सम्म पु¥याएर टमाटर बेच्ने बतावरण बनाइदिए आफुहरु भोकमरी लाग्नबाट बच्ने महतोले बताउनुभयो ।
घरका सबैले सब्जी खेतीमा नै भरपर्नुपर्ने भएकाले बजार नपाउदा समस्या भएको सर्मिला महतोले बताउनुभयो । दैनिक ३, ४ क्विनटल टमाटर उत्पादन गरिरहेको महतो परिवारले गएको वर्ष १० लाख आम्दानी गरेको थियो । बजार नपाएपछि अब के हुन्छ भनेर किसान अन्यौलमा परेका छन् ।
बजारकै समस्या भोगिरहेका सत्य नाराण महतोको पनि टमाटर बारीमै कुहिने अवस्थामा पुगेको छ । ४, ५ कट्ठामा लगाइएको टमाटरले बजार नपाउदा परिवारपाल्न मुस्किल पर्ने महतोले बताउनुभयो ।
किसानले उत्पादन गरेको सब्जी बजार लैजाने वातावरण बनाउन पहल थाल्ने वडा नं. ६ का अध्यक्ष जय बहादुर तामाङले बताउनुभएको छ । अन्य पालिकाबाट आउने टमाटरलाई केही समयका लागि रोकेर भएपछि किसानको उत्पादन बजार सम्म पु¥याउने तामाङले बताउनुभयो ।
यी केही प्रतिनिधि घटना मात्रै हुन् । सोही टोलमा रहेको राधाजी कृषक समुह रहेको छ । सो समुहमा १८ घर रहेका छन् । सो समुहको मात्रै ८ विगाहाह क्षेत्रफलमा टमाटर खेती रहेको समुहका सचिव रंजित महतोले बताउनुभयो ।
नगरको दक्षिणी भेग सब्जी उत्पादनका लागि नगरकै अग्रणी क्षेत्र हो । गाउँमा उत्पादन भएको काउली, बन्दा, टमाटर लगाएतका साग सब्जीहरु बजार लैजान नसके किसानहरु बढि मार्कामा पर्ने निश्चित छ । अहिले लकडाउनको अवस्थामा किसानको उत्पादनको व्यवस्थापन गर्न स्थानीय तहहरुले उल्लेखनीय भूमिका खेल्नुपर्ने देखिएको छ ।