पथरीमा दुर्घना एकको घटना स्थलमै मृत्यु, एकजना घाइते

पथरीमा दुर्घना एकको घटना स्थलमै मृत्यु, एकजना घाइते

पथरी, मोरङको पथरी उर्लावारी सडक खण्डको पूर्व पश्चिम राजमार्गको हरियाली सामुदायिक वन नजिकै भएको दुर्घटनामा एक जनाको घटना स्थलमै मृत्यु भएको छ ।

पश्चिबाट पुर्व जादै गरेको प्रदेश न १–०२–००१–ख ८०९१ नम्वरको ट्रकले सोही दिशाबाट जादै गरेको ना ८ ख ६७ नम्वरको ट्रकलाई पछाडीबाट ठक्कर दिएको थियो ।

ठक्कर दिने ट्रकका चालक जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नम्वर ११ वस्ने वर्ष २८ को अजय अधिकारीको घटना स्थलमै मृत्यु भएको हो । ट्रकका सहचालक भरतपुर महानगरपालिका वडा नं. ११ वर्ष ३० का अंकित जियन गम्भिर घाईते भएका छन् । जियनको विर्तामोड स्थित विएण्डसी अस्पतालमा उपचार भईरहेको ट्राफिक प्रहरी कार्यालय पथरीले जनाएको छ । घाईते सहचालकको खुट्टामा गम्भिर चोट लागेको प्रहरीले जनाएको छ ।

यता ठक्कर खाने ट्रक र चालक सर्लाही जिल्ला हरिवन नगरपालिका वडा ७ वस्ने वर्ष ३४ का हिरोदनराग बन्जनलाई ईलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ । दुर्घटना विहान करिव ६ वजेको समयमा भएको र दुर्घटना अत्याधिक तिव्र गतिका कारण भएको हुन सक्ने प्रहरीले जनाएको छ । हाल दुइवटै ट्रकलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित खवर