भीमराज अधिकारी, पथरी
दादुरा तथा रुवेला खोपको राष्ट्रिय अभियान यही माघ ६ गते देखि देशभरका १९ वटा जिल्लामा संचालन हुने भएको छ । प्रत्येक ४ वर्षमा गरिने यो अभियानका बारेमा आइतबार मोरङ पथरी शनिश्चरे नगरको स्वास्थ्य शाखाले अन्तरक्रिया ग¥यो ।
हाल सम्मको नतिजा अनुसार नेपालमा अझै ७८ प्रतिशत बालबालिकाले मात्रै पूर्ण रुपमा खोप लगाएको बताइएको छ । पथरी शनिश्चरेमा हाल दादुरा शून्य रहेको तर खोल लागाउने बालबालिका ७८ प्रतिशत मात्रै रहेको नगरको सह–स्वास्थ्य संयोजक जगत मगरले जानकारी दिनुभयो । बाँकी रहेका २२ प्रतिशत बालबालिका बिसिजी खोप लगाएर एमआर टु खोल लगाउने बेलामा नभेटिने गरेको मगरको भनाइ छ । कोही मावल जाने र उतै लगाउने, कोही बसाइ सरेर जाने जस्ता कारणले सतप्रतिशत नभएको मगरको भनाइ छ । पथरी शनिश्चरे पूर्ण खोप शुनिश्चित भएको नगरका रुपमा घोषण भइसकेको छ ।
हात्तिपाइले अभियान चलिरहेका कारण पथरी शनिश्चरेले माघ ७ गतेबाट अभियान थाल्ने मगरले जनाउनुभयो । ९ दिन सम्म चल्ने अभियानको माघ १६ गते समापन हुने छ । यो अभियानका लागि विभिन्न टोललाई केन्द्र मानेर स्वंयम सेविका र स्वास्थ्यकर्मीको टोली खटिने छ । नगरमा जम्मा ३२ वटा केन्द्र तय गरेर खोप अभियान चलाउने तयारी रहेको मगरले बताउनुभयो । आफ्नो केन्द्र टाढा भएको खण्डमा अन्य केन्द्रहरुमा गएर पनि खोप लगाउन सकिने मगरले बताउनुभयो ।
हाल नगरमा ९ महिना देखि ५ वर्ष उमेर (खोप लगाउने) समुहका जम्मा १२ हजार २१९ जना बालबालिका रहेका छन् । यस वर्ष खोप लगाउनुका साथै हाल सम्म लगाएको खोपको अवस्था पहिचान गरेर खोप कार्ड समेत वितरण गर्ने तयारी रहेको मगरले जनाउनुभयो । यस अभियानबाट पािलकाले ९५ प्रतिशत माथि उपलब्धी निकाल्ने लक्ष्य लिएको छ ।
दादुरा रुवेला खोपसंगै पोलियो पनि खुउने अभियान रहेको छ । यि खोप लाउनाले धनुष्टङ्कार, विफर, हेपाटाइटिस जस्ता रोगहरु उन्मूलन हुने छन् । हाल बाल मृत्युदर घटेको, विफर उन्मूलन भएको, पोलियोको अवस्था शून्य रहेको, पूर्ण खोप शुनिश्चित भएको, हेपाटाइटिस बी नियन्त्रण भएको, खोप नियमावली जारी भएको मगरले जानकार िदिनुभयो । नेपालमा हाल २१ प्रतिशत बालबालिका पूर्ण खोपबाट बञ्चित, १ प्रतिशत बालबालिकाले कुनैपनि खोन नलगाएको र ७८ प्रतिशत बालबालिकाले पूर्ण रुपमा खोप लगाएको मगरले जानकारी दिनुभयो । हाल सम्म पनि नेपालमा दादुरा, पोलियो, रुवेला जस्ता रोगको परीक्षण गर्ने व्यवस्था नभएका कारण थाइल्याण्ड लगेर परीक्षण गर्नुपर्ने मगरले बताउनुभयो । नेपाल सरकारले सन् २०१९ भित्रमा रुवेला, दादुरा उन्मूलन गर्ने लक्ष्य लिएको थियो । त्यो सम्भव नभएपछि सन् २०२३ भित्रमा उन्मूलन गर्ने नयाँ लक्ष्य कायम गरेको छ ।
कार्यक्रमका अध्यक्ष नगरको सामाजिक विकास समिति संयोजक कपिलमणि ढकालले सबैले अभियानमा साथ दिन अनुरोध गर्नुभयो । वडा र टोलमा आफ्ना ९ महिना माथि र ५ वर्ष मुनिका बालबाललिकालाई अनिवार्य रुपमा खोप लगाउन पनि ढकालले अनुरोध गर्नुभयो ।