सुकुम्बानसी समस्या तत्काल समाधान नभए चरण बद्ध आन्दोलन गर्ने चेतावनी

सुकुम्बानसी समस्या तत्काल समाधान नभए चरण बद्ध आन्दोलन गर्ने चेतावनी

अर्जुन काफ्ले, पथरी

सुकुम्वासी र अव्यावस्थीत वसोवासको समस्या तत्काल समाधान नभए चरण वद्ध आन्दोलन गर्ने सुकुम्वासीहरुले घोषणा गरेका छन् । तत्काल समस्या समाधान गर्नु पर्ने उनीहरुले माग गरेका छन् ।

मोरङ्गको पथरीमा आयोजित भेलामा सुकुम्वासी अगुवाहरुले राज्यले वर्षै देखी सुकुम्वासीलाई दमन गरेकाले आन्दोलनको विकल्प नभएको उनीहरुले वताएका छन् । उनीहरुले यसै हप्ता देखी ज्ञापन पत्र वुझाउने देखि रिले अनसन बस्ने लगायतका आन्दोलन गर्ने वताएका हुन । सो भेलालाई सुकुम्वासी नेताहरु जहरमान लिम्वु, मौसम लिम्वु लगायतले वोलेका थिए ।

सोहि भेलाले मौशम लिम्वुको अध्यक्षतामा सुकुम्वासी तथा अव्यवस्थीत वसोवास संर्घष समिती पुर्नगठन गरिएको छ । समितीको उपाध्यक्षमा सुरेश चन्द्र मण्डल, सचिव कुवेर चन्द्र घतानी, सहसचिव खड्ग आङदेम्वे, कोषाध्यक्ष चन्द्रकला खड्का र सदस्यहरुमा मिना सेन्चुरी, कालिराम लिम्वु, शम्शेर राई, चन्द्रवहादृ्र गजमेर, डम्वर वहादुर तुम्वापो, अम्वर वहादुर लिम्वु, ज्ञानेन्द्र राई र पुर्ण वहादुर लिम्वु रहेका छन् ।

सम्बन्धित खवर